१८ बैशाख २०८१, मंगलबार

२०८० साल चैत १३ गते मंगलबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल चैत १३ गते मंगलबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

दीर्घकालीन फाइदा दिने कार्यको प्रारम्भसँगै यत्रतत्र ख्याति बढ्ने ।

वृष

बौद्धिक क्षेत्र फराकिलो बन्दै जाने यद्यपि नयाँ कार्य प्रारम्भका लागि केही समय प्रतीक्षा गर्नु श्रेयस्कर हुने ।

मिथुन

परिस्थिति प्रतिकूल बन्दै जाने साथै अप्ठ्यारोमा साथ दिनेहरुको अभाव महसुुस हुने ।

कर्कट

उद्योग व्यवसायमा राम्रो फाइदा हुने साथै गरेका कार्यको उचित प्रतिफल प्राप्त हुने ।

सिंह

बाह्य कुरामा अनावश्यक चासो राख्दा आफै समस्याम फसिने साथै मनमा असन्तोषरुपि ज्वारभाटा उठ्ने ।

कन्या

रचनात्मक कार्यको शुभारम्भ भएसँगै लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्ने ।

तुला

व्यवसायमा लगानी बढाउनुपर्ने तथा आर्थिक लाभ नहुने कार्यको जिम्मेवारी लिनुपर्ने परिस्थिति निर्माण हुने ।

वृश्चिक

आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने साथै कुनै शुभ समाचार सुन्न पाइने ।

धनु

पूर्व कार्य सफलताले मनमा हौसला, प्रेरणा बढ्ने साथै नयाँ कार्यको प्रस्ताव आउने ।

मकर

आशा देखाउने वा आश्वासन बाँड्नेबाट काम नबन्ने साथै पूर्व सम्झौता तोडिने उच्च सम्भावना ।

कुम्भ

थालेका कार्यलाई पुनः दोहोर्‍याएर गर्नुपर्ने तथा न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने ।

मीन

घुमफिर, मनोरञ्जनात्मक कार्यमा समय बित्ने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने योग ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
(इच्छुकका लागि) (10AM – 5PM) भन्दा अघि वा पछि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !