१९ बैशाख २०८१, बुधबार

२०८० साल फागुन २७ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल फागुन २७ गते आइतबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

उचित समयमा उचित निर्णय लिन सकिने साथै नाम र दाम आर्जन हुने शुभ योग ।

वृष

गरिरहेको कामबाट भन्दा बाहिरी कार्यबाट बढीको फाइदा हुने साथै विपरीत लिङ्गी साथीबाट राम्रो साथ सहयोग प्राप्त हुने ।

मिथुन

लामो समयदेखि रोकिएका कार्यले पुन: गति लिने तथा नयाँ कार्ययोजना तयार हुने ।

कर्कट

शारीरिक तथा मानसिक आलस्यता बढ्ने साथै बन्नै लागेको काम अन्तिममा पुगेर बिग्रिने ।

सिंह

कला साहित्य तथा सङ्गीतमा रुचि बढ्ने साथै राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त हुने ।

कन्या

घरमा नवीन रौनकता छाउने साथै विशिष्ट व्यक्तिलाई अतिथिको रुपमा स्वागत गर्न पाइने ।

तुला

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् मुनाफा दिन नसक्ने साथै कुनै अशुभ समाचार सुन्नुपर्ने ।

वृश्चिक

अनावश्यक वादविवादको दलदलमा फसिने साथै आफ्नो अधिकार प्राप्तार्थ सङ्घर्ष गर्नुपर्ने ।

धनु

धार्मिक स्थल, मठ, मन्दिरको भ्रमण हुने तथा सामाजिक कार्यमा जस वा सफलता प्राप्त हुने ।

मकर

बोलीको सकारात्मक प्रभाव बढ्ने साथै शुभ कार्यको यत्रतत्र चर्चा चल्ने ।

कुम्भ

सामाजिक मान सम्मानमा वृद्धि आउने तथा नयाँ ज्ञान आर्जन गर्ने सुअवसर प्राप्त हुने ।

मीन

लगनशीलता तथा आत्मविश्वासमा कमी आउने साथै आफन्तबाटै घातप्रतिघातको उच्च सम्भावना ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !