२४ बैशाख २०८१, सोमबार

२०८० साल मंसिर ६ गते बुधबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल मंसिर ६ गते बुधबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

आम्दानी बढेसँगै मनमा उत्साह बढ्ने साथै शुभ समाचार सुन्न पाइने ।

वृष

नयाँ कार्यका लागि प्रस्ताव आउन सक्ने साथै पहिलेको सफलताले हौसला बढ्ने शुभ योग ।

मिथुन

आश्वासन दिनेले नै झुक्याउन सक्ने साथै पूर्व सम्झौता तोडिन सक्ने सम्भावना ।

कर्कट

थालेका कार्यलाई पुनः दोहोर्‍याए गर्नुपर्ने साथै न्यून उपलब्धिमै पनि चित्त बुझाउनुपर्ने ।

सिंह

घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतित हुने साथै अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।

कन्या

परिश्रमले सफलताको नजिक पुर्‍याउने साथै दिगो फाइदाजनक कार्य प्रारम्भ हुने ।

तुला

बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने यद्यपि नयाँ कार्य प्रारम्भका लागि भने प्रतिक्षारत नै रहनु श्रेयस्कर ।

वृश्चिक

अप्ठ्यारोमा साथ दिनेहरु टाढिदै जाने साथै परिस्थिति प्रायः प्रतिकूल बन्दै जाने ।

धनु

उद्योग व्यवसायबाट फाइदा हुने साथै गरेका कार्यको उचित प्रतिफल पाइने ।

मकर

अनावश्यक चासो राख्दा आफैं समस्या फसिने सम्भावना साथै आर्थिक संकटको सामाना गर्नुपर्ने ।

कुम्भ

विछोडिएका आफन्तसँग पुनर्मिलनको योग साथै कुनै रचनात्मक कार्यको सुरुवात हुने ।

मीन

आर्थिक लाभ नहुने कार्यको पनि जिम्मेवारी लिनुपर्ने परिस्थिति बन्ने साथै लगनशीलतामा केही कमी आउने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !