१४ जेष्ठ २०८१, सोमबार

२०८० साल कार्तिक १३ गते सोमबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल कार्तिक १३ गते सोमबार आजको दैनिक राशिफल । वेदाङ्गको रुपमा रहेको ज्योतिषशास्त्रअनुसार जन्म नक्षत्रका आधारमा निर्धारित राशिफलले यहाँहरुको दैनिक कार्यसम्पादनमा मार्गनिर्देशन प्रदान हुने अपेक्षासहित हामीले दैनिक राशिफल प्रस्तुत गरिरहेका छौँ । आशा छ यहाँहरुलाई यस राशिफलले आफ्ना दैनिक योजना तय गर्न केही न केही सहयोग पुग्नेछ । यद्यपि राशिफलमा जे भनिएपनि यहाँहरुको दिन शुभ बितोस् भन्ने कामना गर्दछौं । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

रचनात्मक कार्यको प्रारम्भ हुने साथै लामो समयदेखि टाढिएका आफन्तजनसँग भेटघाटको अवसर जुट्ने ।

वृष

व्यवसायमा लगानी बढाउनुपरेसँगै आर्थिक मुनाफा नहुने कामको जिम्मेवारी लिनुपर्ने ।

मिथुन

आर्थिक कारोबारमा फाइदा हुने साथै मनमा नयाँ जाँगर तथा उत्साह जाग्ने ।

कर्कट

नयाँ कार्ययोजनाको प्रस्ताव आएसँगै पहिलेको सफलताले थप हौसला उत्पन्न हुने ।

सिंह

आश्वासन बाँड्नेहरुले नै झुक्याउने साथै पूर्व सम्झौताहरु भङ्ग हुने उच्च सम्भावना ।

कन्या

कार्य सफलताका लागि दोहोर्‍याए काम गर्नुपर्ने साथै न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ने ।

तुला

अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने साथै घुमफिर, मनोरञ्जनमा समय बित्ने ।

वृश्चिक

दिगो फाइदाजनक कुनै कार्यको सुरुवात हुने तथा परिश्रमले लक्ष्य नजिकै पुगिने ।

धनु

नयाँ कार्य प्रारम्भका लागि प्रतीक्षा गर्नु उचित साथै बौद्धिक क्षेत्र भने फराकिलो बन्दै जाने ।

मकर

परिस्थिति प्रायः प्रतिकूल बन्ने साथै अप्ठ्यारोमा साथ दिनेहरु घट्दै जाने ।

कुम्भ

उद्योग , व्यापारमा फाइदा साथै गरेका कार्यले उचित प्रतिफल दिने ।

मीन

अरुका विषयमा चासो राख्दा आफै समस्यामा फसिने यद्यपि मान सम्मान प्राप्त हुने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !