२३ बैशाख २०८१, आइतबार

२०८० साल असार २४ गते आइतबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल असार २४ गते आइतबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

हीनताबोध तथा आत्मबलमा कमी महसुस हुने साथै लगनशीलता पनि केही ह्रास आउने ।

वृष

आर्थिक पक्ष अझै सबल बन्दै जाने साथै ठीक समयमा उचित निर्णय लिन सकिने ।

मिथुन

आशै नगरेको व्यक्तिबाट सहयोग प्राप्त तथा रोजगारी वा आय आर्जनका नयाँ बाटाहरु खुल्ने ।

कर्कट

लामो समयदेखि रोकिएका कार्यहरू पुन: सुचारू हुने तथा लगानीका नयाँ कार्ययोजना तय हुने ।

सिंह

शारीरिक तथा मानसिक आलस्यता बढ्ने साथै अन्तिम अवस्थामा पुगेर काम बिग्रिने ।

कन्या

राज्यपक्षबाट राम्रो साथ सहयोग प्राप्त तथा कला साहित्य सङ्गीतमा रुचि बढ्ने ।

तुला

खास व्यक्तिको आतिथ्यले घरमा रौनकता छाउने साथै वस्त्र, अर्थ वा उपचार प्राप्तिको योग ।

वृश्चिक

दैनिक मूल्य परिवर्तन हुने क्षेत्रमा गरेको लगानीले फाइदा नदिने यद्यपि साथीभाइ आफन्तबाट साथ प्राप्त ।

धनु

विवादास्पद विषयमा प्रवेश नगरेको नै उचित हुने साथै आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

मकर

सामाजिक कार्यमा जस वा सफलता प्राप्ति साथै धार्मिक कार्यमा रुचि बढ्ने ।

कुम्भ

सत्कर्मको यत्रतत्र चर्चा चल्ने साथै प्रभावशाली बोलीले आफ्नो वर्चस्व जमाउने शुभ योग ।

मीन

ज्ञानार्जनका नयाँ बाटाहरु आलोकित हुने साथै महत्त्वपूर्ण सभा, समारोहमा सहभागी हुने मौका मिल्ने ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !