१४ बैशाख २०८१, शुक्रबार

२०८० साल जेठ २५ गते बिहीबार आजको दैनिक राशिफल


राशिफल

२०८० साल जेठ २५ गते बिहीबार आजको दैनिक राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको दैनिक राशिफल-

सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:ख भाग्भवेत्: ॥
ॐ शान्तिः शान्तिः शान्तिः ॥

मेष

गरिरहेकोभन्दा फरक वा बाहिरी कामबाट फाइदा लिन सकिने साथै विपरीत लिङ्गी साथीबाट काम गर्ने प्रेरणा, हौसला प्राप्त हुने ।

वृष

धेरै समयदेखि रोकिएका कार्यहरु पुन: सुचारु हुने साथै नयाँ कार्य योजना बन्ने ।

मिथुन

बन्नै लागेको कार्य अन्तिममा गएर बिग्रिने साथै आलस्यता बढ्ने उच्च सम्भावना ।

कर्कट

राज्यपक्षबाट अपेक्षाकृत् साथ सहयोग प्राप्त तथा कलासाहित्यमा रुचि बढ्ने ।

सिंह

आफूले गरेको कार्यमा आत्मसन्तुष्टि प्राप्त हुने साथै विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा स्वागत गर्न पाइने ।

कन्या

चिठ्ठा, शेयर जस्ता क्षेत्रमा गरेको लगानीले अपेक्षाकृत् नतिजा नदिने साथै मनमा उदासीनता छाउने खबर सुन्नुपर्ने ।

तुला

वादविवादजन्य विषयमा प्रवेश नगरेको नै श्रेयस्कर हुने साथै अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ने ।

वृश्चिक

धर्मकर्ममा रुचि बढ्ने तथा सामाजिक कार्यमा जस वा सफलता प्राप्त हुने ।

धनु

तार्किक बोलीको उच्च प्रभाव पर्ने साथै शुभ कार्यको यत्रतत्र चर्चा चल्ने ।

मकर

नयाँ विषयवस्तुको ज्ञान आर्जन गर्ने अवसर तथा सभा समारोहमा सहभागी हुने मौका मिल्ने ।

कुम्भ

सामाजिक मान सम्मानमा खलबल आउने साथै हीनताबोध वा कमजोर महसुस हुने ।

मीन

ठिक समयमा उचित निर्णय गर्न सकिने साथै अनायासै अर्थ, जमिन लाभको शुभ योग ।

शुभ दिन !

फोनबाटै ज्योतिषीय परामर्शका लागि
ज्यो. सूर्य पौडेल
मोबाइल : 9847654412 / 9806140816
imo/Viber/WhatsApp : 9806140816

धन्यवाद !


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !