१४ बैशाख २०८१, शुक्रबार

आज २०७७ साल असार ३ गते बुधवारको राशिफल


राशिफल

आज २०७७ साल असार ३ गते बुधवारको राशिफल । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ । ज्योतिषशास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल-

मेष

नयाँ व्यक्तिसंग भेटघाट हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

बृष

काम नबन्नाले दिक्क लाग्नेछ । यात्रामा मालसामान हराउन सक्छ । आर्थिक कारोवारमा मन्दी आउनेछ । कार्य सम्पादनमा समस्या आउला ।

मिथुन

शुभारम्भको चर्चा चल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यवसायका लागि नयाँ योजना छोटो यात्राको सम्भावना पनि छ ।

कर्कट

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउला । व्यापार व्यवसायमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

सिंह

प्रेममा सफलता प्राप्त हुनुका साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् । धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । रोजगारको अवसर मिलनेछ ।

कन्या

यात्रामा सावधानी अपनाउनु पर्नेछ । मन खिन्न हुने स्थिति आउनेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

तुला

पुनर्मिलन र लाभदायक यात्रा हुनेछ । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

बृश्चिक

मन प्रसन्न रहने र अधुरो काम पूरा हुन सक्छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । प्रविधि मार्फत आफन्त संग भेटघाट हुनेछ ।

धनु

आफन्त र सहकर्मिको सहयोग पाईनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मकर

नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

कुम्भ

आज बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

मीन

शुभ कार्यको चर्चा चल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउला । (ज्यो.प. नारायणप्रसाद दुलाल)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !