१४ बैशाख २०८१, शुक्रबार

यस्तो लाभ मिल्छ बुधबार श्रीकृष्णको अवतार विथालदेवको गर्नाले पूजा


विथालदेव

यस्तो लाभ मिल्छ बुधबार श्रीकृष्णको अवतार विथालदेवको गर्नाले पूजा । हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ । ‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल-देव (कृष्णको अवतार) को पूजा गरिन्छ ।

पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नाले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। बुधबारका दिन गरिने शुभकर्मले जीवनभर राम्रो फल मिल्ने धार्मिक विश्वास छ ।

बुधबारका दिन यसो गर्नुहोस्

१. बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।
२. जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।
३. हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी(देवताको कृपा हुने गर्छ।
४. बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न् धार्मिक ग्रन्थहरुमा पाइन्छ ।

यो पनि पढ्नुहोस्

यस्तो छ बुधबार व्रतविधि

यस्तो छ बुधबार व्रतकथा

बुधबारमा कुन देवी-देवताको पूजा गर्ने ?

बुधबार यी काम गर्दा शुभ खबर पाउनेछन्


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !