१४ बैशाख २०८१, शुक्रबार

तुला राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य


तुला राशि
ज्योतिष गुरु परासर
ज्योतिष गुरु परासर

तुला राशिको शुभ, अशुभ, भाग्य तथा भविष्य

तुला राशि – रा री रु रे रो ता ती तू ते

स्वामी : शुक्र

शुभ अंक : ६

शुभ रत्न : हिरा, पन्ना र निलम

शुभ बार : बुधबार, शुक्रबार र शनिबार

घातबार : बिहीबार

स्वभाव र बानी

१. नविन चिन्तन र परीक्षण र भोक विलासमा मन पराउने गर्छन् । यिनीहरु जति विद्धान र ज्ञानी हुन्छन् त्यति नै मुर्ख र कठोर हुने गर्छन् ।

२. संगीतमा यो राशिका व्यक्ति बढि रुचि राख्छन् । २५ वर्ष पार भएपछि यो राशिका मानिसहरुको भाग्यउदोय हुने गर्दछ ।

३. तुला राशिका पुरुषका सोच र स्वभाव घरमा भन्दा बाहिर बढि ध्यान जाने भएकाले आफ्नो घरपरिवारमा निगरानी कम हुँदा परिवारमा सुख सुविधाको महशुस कम हुने गर्छ ।

स्वास्थ्य

१. शुक्र ग्रहको महिना कार्तिक हो भने यस महिनामा जन्मिने व्यक्तिको सूर्य निच हुने हुँदा स्वाथ्यमा गढबढि र कार्यमा बाधा अड्चन बढि हुने गर्छ ।

२. तुला राशिका मानिसलाई चिसो बढि लाग्ने र सूर्य कमजोर हुने हुँदा भिटामिन ए, सि र डि युक्त खाने गरेमा स्वस्थ रहन सकिन्छ ।

भाग्य तथा भविष्य

१. तुला राशिको दिशा पश्चिम राशि स्वामी शुक्रको दिशा पूर्व र दक्षिण यी दिशामा गए उत्तम हुनेछ ।

२. तुला राशिका मानिस भाग्यमानी र जीवनमा पूर्ण सफल हुन्छन् ।

३. गाई भैसी र बाख्रा पालन यानेकी कृषि व्यवसाय गर्दा ब्यापार व्यवासय फस्टाउनेछ ।

४. जब शरीरमा कष्ट भएमा शिवको पूजा र शुक्र ग्रहको १६ हजार मन्त्र जब गरे गराएमा राम्रो हुन्छ ।

मित्रता र बिबाह

१. मेष, वृष, मिथुन, सिंह, कन्या, धनु, मकर र कुम्भसँग लगन गाठो कसेमा उत्तम हुनेछ ।

२. तुला राशि हुनेलाई मिन राशि शत्रु हुने गर्छ । र मिन राशिका मानिस बिबाह गर्न हुँदैन ।

३. केटा मान्छेले बिबाह गर्दामाइली र कान्छी छोरी उत्तम हुन्छन्। र मित्रता खासैविश्वास नगरे राम्रो ।

४. तुला राशिको नारीले मित्रता र बिबाह गर्दा मेष र मकर राशि सँगका पुरुषसँग गर्दा अति नै उत्तम हुनेछ ।

*गुरु परासर ज्योतिष सेवा केन्द्रका प्रमुख ज्योतिष, वास्तुविद् तथा रत्नविद् गुरु परासर विगत १३ वर्षदेखि यी पेशामा संलग्न हुनुहुन्छ ।

Guru-Parashar-Jyotish-Sewa-Kendra


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !