विशाखा नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – ति, तु, ते, तो । तर यस नक्षत्रका सुरुका तीनवटा अक्षरको मात्र तुला राशि हुन्छ, त्यसैले ति, तु वा ते अक्षरबाट तपाईंको नामको सुरुवात भएको छ भने तपाईंको विशाखा नक्षत्र र तुला राशि हुन्छ ।
यस नक्षत्रमा जन्म लिने जातकको प्रकृति यस्तो हुन्छ :
१. यिनीहरू आकर्षक, उच्च शिक्षित र बुद्धिमान् हुन्छन् । तिखा र चंचल आँखा तथा विनम्र स्वभाव भएको व्यक्तित्व हुन्छ । धार्मिकता, मीठो बोली र विनम्र स्वभाव भएका हुन्छन् ।
२. विभिन्न विद्याका ज्ञाता हुन्छन् । प्राचीन र गुप्त विद्याप्रति रूचि रहेको देखिन्छ । न्याय गर्ने शैली र व्यवहारबाट लोकप्रियता बढ्दछ र सबैलाई एकै ठाउँमा समेटेर हिंड्ने प्रयास गर्दछन् । यिनीहरूमा गुरु बृहस्पतिको प्रत्यक्ष प्रभाव हुने गर्छ, वाणी मीठो हुन्छ, जोसुकैसित पनि कटुतापूर्वक बोल्दैनन् ।
३. शिक्षाका दृष्टिकोणले उच्च स्थिति हुन्छ, बृहस्पतिको प्रभावले ज्ञान प्राप्तिका लागि बाल्यकालदेखि नै मनमा एउटा उत्सुकता रहेको हुन्छ । पठन–पाठनमा तीक्ष्ण प्रतिभा भएका हुन्छन् र उच्च स्तरको शिक्षा प्राप्त गर्दछन् ।
४. शारीरिक श्रमका काममा पछि पर्दछन् तर बौद्धिक क्षेत्रमा अग्रणी हुन्छन् । सामाजिक दायरा विस्तृत हुन्छ । असाध्यै मिलनसार व्यक्ति हुन्छन् र मानिसहरूसँग प्रेमभाव र आदरभाव व्यक्त गर्छन् ।
५. कसैलार्ई सहयोगको आवश्यकता भएमा सघाउ पुर्याउन पछि पर्दैनन्, तर आफूलाई कसैको मद्दतको आवश्यकता भयो भने सहयोग जुटाउन गाह्रो हुन्छ । कुनै पनि स्तरको होस्, सामजिक सेवासम्बद्ध संस्थाहरूमा जोडिएका हुन्छन् ।
६. संयुक्त परिवारमा रहन मन पराउनु हुन्न, यद्यपि आफ्नो परिवारप्रति दह्रो झुकाव र प्रेम हुन्छ, अनि आफ्ना पारिवारिक जिम्मेवारी निर्वाह गर्न समर्थ हुन्छन् ।
७. आजीविकाका सन्दर्भमा कुरा गर्ने हो भने जागिर-नोकरी गर्न मन पराउँछन् र सरकारी, न्यायिक तथा प्रशासनिक काममा लागी पर्दछन् । व्यवसायप्रति रुचि कम हुन्छ, त्यसैले सरकारी जागिर÷नोकरी प्राप्त गर्न चेष्टा गर्छन् । व्यवसाय गरिहालेमा कुनै न कुनै रूपमा सरकारसित सम्बन्धित काममा सहभागी हुन्छन् ।
८. व्यक्तित्वमा विशेष आकर्षण हुन्छ र हृदय विशाल हुन्छ । मानवीय संस्कार र गुण विद्यमान हुन्छ ।
९. आर्थिक रूपले विशाखा नक्षत्रका जातक भाग्यशाली मानिन्छन्, आकस्मिक रूपमा धनलाभ हुन्छ, अपुताली धनको उपभोग गर्दछन् । लटरी वा चिट्ठाका माध्यमबाट पनि धन प्राप्त गर्दछन् । त्यस्तै धनसङ्ग्रह गर्न पनि सौकिन हुन्छन्, खानपान जस्ता आधारभूत कुरालाई बेवास्ता गरेर भए पनि धनसञ्चय गरेर देखाउँछन् ।
१०. जीवनमा कहिल्यै पनि आर्थिक दुरवस्थाको सामना गर्न मन पराउँदैनन्, धनको कमी महसुस भयो भने पनि त्यो क्षणिक हुन्छ । असाध्यै महत्त्वाकाङ्क्षी हुन्छन् ।
११. आफ्नो महत्त्वाकाङ्क्षालाई पूर्ण गर्नका निमित्त भरपुर परिश्रम गर्छन् र सफल हुन्छन् अनि उच्चपद प्राप्त गर्दछन् ।
१२. यस नक्षत्रका अधिदेवता इन्द्र र अग्नि हुन् भने यस नक्षत्रको स्वामी ग्रह गुरु बृहस्पति हुन् ।
शुभ दिन !
ज्यो. खगेन्द्र सुवेदी
महर्षि भारद्वाज ज्योतिष सेवा केन्द्र,
इटहरी, सुनसरी, नेपाल
९८६५८०७३४३/९८१७९००७५०
धन्यवाद !
यो पनि पढ्नुहोस्
यस्तो छ हेर्नुहोस् चित्रा नक्षत्रको जन्मफल
यस्तो छ हेर्नुहोस् हस्ता नक्षत्रको जन्मफल