२१ जेष्ठ २०८१, सोमबार

यस्तो छ हेर्नुहोस् हस्ता नक्षत्रको जन्मफल


हस्ता नक्षत्र

हस्ता नक्षत्रमा पर्ने चार वटा अक्षरहरू हुन् – पु, ष, ण, ठ । यी अक्षरबाट तपाईंको नामको अक्षरको सुरुवात भएको छ भने तपाईंको हस्ता नक्षत्र हुन्छ । यस नक्षत्रमा जन्मलिने जातकको प्रकृति यस्तो हुन्छ :

१. यिनीहरू विनम्र, सतर्क र दीर्घ सोचविचार भएका व्यक्तित्व हुन्छन् । उच्च शिक्षित र बुद्धिमान् पनि हुन्छन् । प्राचीन र गुप्त विद्याप्रति रूचि रहेको देखिन्छ, हुनसक्छ पुरातत्वको एउटा शाखामा राम्रै सफलता पाउन सक्दछन् ।

२. उच्च विचार भएका व्यक्तित्व हुन्छन् । लेखक वा पटकथा निर्देशक बन्ने क्षमता विद्यमान हुन्छ । व्यक्तित्व आकर्षक र प्रभावशाली हुन्छ । बौद्धिक क्षमता राम्रो हुन्छ ।

३. मस्तिष्कमा नयाँनयाँ योजनाहरू विचरण भइरहन्छन् । पठनपाठनमामा तेज हुनुका साथै शब्द खेलाउन पनि सक्षम हुन्छन् । जस्तै ठाउँमा पनि आफ्ना कुरा राख्न सक्दछन् र आफ्नो वर्चस्व कायम राख्न सफल हुन्छन् ।

४. बाल्यावस्थादेखि नै कुनै पनि विषयलाई सजिलै बुझ्ने क्षमता हुन्छ, त्यस्तै बोलीवचनमा माधुर्य हुन्छ र व्यवहारमा चतुर्याइँ देखिन्छ । राम्रो बौद्धिक क्षमता हुँदाहुँदै पनि कुनै पनि विषयमा तुरुन्त निर्णय लिन सक्दैनन् ।

५. शान्तिप्रिय हुन्छन् र शान्त वातावरण रुचाउने गर्दछन्, कलह र विवादको परिवेशबाट टाढा बस्न मन पराउँछन् । जुनसुकै परिवेशमा पनि नयाँनयाँ मित्र बनाउने गर्छन् । साथीभाइ र मित्रवर्गबाट काम फत्ते गर्न पनि राम्ररी जान्ने हुन्छन् ।

६. अवसर पर्दा जुन पक्षबाट आफूलाई लाभ हुन्छ, त्यसैको पक्षमा मत जाहेर गर्छन् । जागिर/नोकरीका तुलनामा व्यवसायबाट राम्रो लाभ हुन्छ र सानै बन्दव्यापार/व्यवसाय गरेमा पनि जोडतोडले प्रगति गर्छन् ।

७. आर्थिक स्थिति राम्रो हुन्छ, साथमा अत्यधिक मात्रामा धन हुन्छ । हरेक प्रकारको सांसारिक सुखको आनन्द प्राप्त गर्दछन् र सुखमय जीवन व्यतीत गर्दछन्, पारिवारिक जीवन सुखमय र आनन्दमय हुन्छ ।

८. जीवनसाथीबाट पूर्ण सहयोग र सहायता प्राप्त हुन्छ । आफ्ना कार्यहरूबाट समाजमा मानसम्मान र आदर प्राप्त गर्दछन् । धेरजसो आफ्नो स्वार्थलाई महत्त्व दिने भएकाले यिनीहरूलाई स्वार्थी पनि भन्ने गरिन्छ । अन्य व्यक्तिका भनाइलाई खासै ध्यान दिंदैनन्, आफूलाई मनमा लागेको कुरो जे छ, त्यही गर्दछन्, आफ्नो धुनमा मस्त रहने मान्छे हुन्छन् ।

९. आफ्नो बुद्धिलाई धनोपार्जनका क्षेत्रमा उपयोग गर्न सक्षम हुन्छन् । यस नक्षत्रको मुख्य ग्रह चन्द्रमा हो, अधिदेवता सावित्री (सूर्य) हुन् । हस्ता नक्षत्रका जातकले सूर्यदेवको आराधना गरेमा ठूलाठूला सिद्धि प्राप्त गर्ने विश्वास गरिन्छ।

१०. रिट्ठोको बोटलाई हस्ता नक्षत्रको प्रतीक मानिन्छ, यस नक्षत्रमा जन्मने व्यक्तिले रिट्ठोको रुखको पूजा गर्दछन् र आफ्नो घरवरिपरि रिट्ठो रोपेर त्यसको संरक्षण गर्दछन् ।

शुभ दिन !

ज्यो. खगेन्द्र सुवेदी
महर्षि भारद्वाज ज्योतिष सेवा केन्द्र,
इटहरी, सुनसरी, नेपाल
९८६५८०७३४३/९८१७९००७५०

धन्यवाद !

यो पनि पढ्नुहोस्

‘केमद्रुम योग’ के हो ? यसको फल के हुन्छ त ?

यस्तो छ हेर्नुहोस् उत्तराफाल्गुनी नक्षत्रको जन्मफल

यस्तो छ हेर्नुहोस् पूर्वाफाल्गुनी नक्षत्रको जन्मफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !