१२ आश्विन २०८१, शनिबार

शुक्रबार बसिन्छ ३ किसिमको व्रत : कसको पूजा गरे के लाभ मिल्छ ? थाहा पाउनुहोस्


लक्ष्मी माता

आज शुक्रबार कसको पूजा गरे के लाभ मिल्छ ? ज्योतिषशास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतन माथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो । ज्योतिषशास्त्र वेदको आँखाको रूपमा रहेको कुरा सर्वविदितै छ ।

हिन्दु धर्मशास्त्र अनुसार ७ वटा बारमा हरेक दिन फरक-फरक देवीदेवताको पूजा गरिन्छ । आज शुक्रबारको दिन भएकोले धार्मिक रुपमा शुक्रबार ३ किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्र, सन्तोषी माता र वैभव लक्ष्मीको पूजा गर्छन् ।

साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यिनीहरुको व्रत विधि भने फरक-फरक हुन्छन् । यो दिन सेतो कपडा लगाउनु पर्छ । शुक्रबार घरमा खीर बनाएर गरिबलाई बाँड्नाले घरको भण्डार भरिने विश्वास छ ।

शुक्रबारको दिन सन्तोषी माताको व्रत बस्ने पुरुष तथा स्त्रीले सुख-शान्ति तथा मनोकांक्षा पूरा हुनेछ । सन्तोषी माताको व्रत १६ वटा शुक्रबार बस्नु पर्दछ ।

यो पनि पढ्नुहोस् 

शुक्रबार सन्तोषी माताको व्रतमा के गर्ने र के नगर्ने ?

शुक्रबार यसरी महाकालीको पूजा गरेमा मिल्नेछ यस्तो लाभ

शुक्रबार के के काम गर्दा सफलता मिल्छ ?

शुक्रबार जन्मेका मानिसको भविष्य र आचरण

शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !