७ बैशाख २०८१, शुक्रबार

शुक्रबार सन्तोषी माताको व्रतमा के गर्ने र के नगर्ने ?


लक्ष्मी र सन्तोषी माता

शुक्रबार सन्तोषी माताको व्रतमा के गर्ने र के नगर्ने ? ज्योतिष शास्त्र भनेको सौर्यमण्डलमा रहेका ताराहरू र ग्रहहरूको आपसी सम्बन्धबाट प्राप्त हुने किरण अथवा तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गरेर त्यसको यस पृथ्वीमा विद्यमान जड र चेतनमाथि पर्ने प्रभावको अध्ययन र विश्लेषण गर्ने अद्वितीय विज्ञान हो ।

शुक्रबार सन्तोषी माताको पूजा गरी गरिने व्रत विधि यस प्रकार छ ।

१. सूर्योदय भन्दा पहिला उठ्नुहोस् ।

२. घरको सफाइ गरेर नुहाउनुहोस्, पवित्र हुनुहोस् ।

३. घरको कुनै पवित्र स्थानमा सन्तोषी माताको मुर्ति वा फोटो स्थापित गर्नुहोस् ।

४. सबै पूजा सामाग्री तयार गर्नुहोस् तथा र कुनै भाडोमा शुद्ध जल भर्नुहोस् ।

५. अर्को भाडोमा गुड र चना राख्नुहोस् ।

६. सन्तोषी माताको विधि विधान मार्फत पूजा गर्नुहोस् ।

७. यस पश्चात सन्तोषी मातछाको कथा सुन्नुहोस् ।

८. आरती गरेर सबैलाई गुड र चनाको प्रसाद बाड्नुहोस् ।

९. अन्तमा जललाई घरको ठाउँ-ठाउँमा छर्कनुहोस् र बाँकि बचेको जल मठ अर्थात तुलसीमा चढाउनुहोस् ।

यसप्रकार शुक्रबारको नियमित व्रत राख्नुहोस् र अन्तिम शुक्रबार व्रत विसर्जन गनुहोस् । विसर्जनको दिन सन्तोषी माताको पूजा गरेर ८ बालकलाई खीर-पुरी खुवाउनुहोस् । दक्षिणा र केराको प्रसाद दिएर उनीहरुलाई बिदा गर्नुहोस् । अन्तमा आफूले पनि भोजन ग्रहण गर्नुहोस् ।

के नगर्ने ?

१. यस दिन व्रत गर्नेहरुले अमिलो तिजलाई नछुनुहोस् र नखानुहोस् ।

२. गुड र चनाको प्रसाद खानुहोस् ।

३. भोजनमा कुनै अमिलो चिज र अमिलो स्वाद आउने फलफूल नखानुहोस् ।

४. व्रत गर्नेहरुको परिवारले पनि त्यस दिन अमिलो चिज नखानुहोस् ।

यो पनि पढ्नुहोस् 

शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ?

शुक्रबार के के काम गर्दा सफलता मिल्छ ?

शुक्रबार जन्मेका मानिसको भविष्य र आचरण

शुक्रबार यसरी महाकालीको पूजा गरेमा मिल्नेछ यस्तो लाभ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !