१३ बैशाख २०८१, बिहिबार

शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ?


शुक्रवार

शुक्रवारमा कुन देवी-देवताको पूजा गर्ने ? हिन्दुधर्ममा हप्ताको हरेक वारलाई देवी-देवताको वार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुईदिन सोहि वार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन्। हेरौँ, शुक्रवारमा कुन देवी-देवताको पूजा गरिन्छ ।

शुक्रवार

नेपाली पात्रो अनुसार शुक्रवार हप्ताको छैठौं दिन हो। ज्योतिषशास्त्र अनुसार यसलाई शुक्रग्रहको नामले नामाकरण गरिएको हो।हिन्दू धर्मावलम्बीहरू शुक्रवारमा लक्ष्मीको पूजा गर्दछन्। लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन । सौभाग्य, समृद्धि , सफलता, सम्पन्नता र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्द प्रयुक्त हुने गर्दछ। साथै यस दिनमा लक्ष्मी माताका अवतार-सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

यो पनि पढ्नुहोस् 

जन्मेको बार अनुसार मानिसको स्वभाव र भाग्य कस्तो हुन्छ, जानी राखौं


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !