महिला अधिकार र नेपालको अवस्था । महिलाले आफ्नो जीवनको निर्णय आफै गर्ने अधिकार पाउनु पर्दछ । तर नेपाली महिलाहरुको भने नेतृत्व बिकास हुन सकेको छैन । नेपाली समुदायमा महिलाहरुको संख्या झन्डै पुरुष सरह नै देखिएतापनि समाजको नीति निर्माण क्रियाकलापहरुमा महिलाहरुको संख्या अति नै न्यूनतम रहेको देखिएको छ ।
जसले गर्दा महिला बर्ग ओझेलमा परिरहेका छन किन हुन सकेको छैन त नेपाली महिलाहरुको नेतृत्व बिकास ? भनिन्छ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनेर जो एक अर्का बिना अगाडि बढ्न सक्दैन । जसको अर्थ देश बिकासमा दुबैको उत्तिकै भूमिका रहनुपर्ने हो तर देखिएको छैन ।
अहिले एक्काईशौ शताब्दीमा आएर पनि नेपाली महिलाको नेतृत्व विकास हुन नसक्नु भनेको अत्यन्तै दु:खको कुरा हो । देशमा मात्र नभएर बिदेशमा आईपुगेर पनि नेपाली महिलाहरुको मानसिकता कमजोर देखिएको छ । वर्तमान अवस्थालाई नियालेर हेर्ने हो भने पुरूष भन्दा चाहे शिक्षाको क्षेत्रमा होस् या अन्य क्षेत्रमा किन नहोस् महिला धेरै अगाडि भएको देखिएको छ ।
सन्तान चाहे छोरा होस् या छोरी दुवै एक हुन तर समाजमा छोरीलाई भन्दा बढी छोरालाई महत्व दिएको पाइन्छ । समय परिवर्तन भइसकेको छ । छोराले गर्न नसक्ने काम पनि छोरीले गर्न थालेका छन् ।
यति हुदाहुदै पनि महिलाले छोरा सरह अधिकार पाउन सकेका छैनन् । आज पनि नियालेर हेर्ने हो भने परिवारमा छोरा पाउने रहर महिलामा नै बढी देखिएको छ । सन्तान चाहे छोरा होस् या छोरी दुवै एक हुन तर समाजमा छोरीलाई भन्दा बढी छोरालाई महत्व दिएको पाइन्छ । समय परिवर्तन भइसकेको छ । छोराले गर्न नसक्ने काम पनि छोरीले गर्न थालेका छन् ।
छोरीलाई सम्पत्ती होइन शिक्षा दिनुभयो भने भोली छोरा सरह उसले पनि आफ्नो भूमिका निभाउन सक्नेछन् । नेपाली समुदायमा छोरालाई अंश दिने परम्परा छ तर यसलाई हटाएर शिक्षा नै आवश्यक छ । यसले आफै केहि गर्नुपर्छ भन्ने भावनाको विकास हुन सक्नेछ । परिवर्तन समयको माग हो शिक्षालाई विकासमा परिवर्तन गर्दै टेक्निकल शिक्षामा रूपान्तरण गर्नुपर्दछ ।
छोरीलाई सम्पत्ती होइन शिक्षा दिनुभयो भने भोली छोरा सरह उसले पनि आफ्नो भूमिका निभाउन सक्नेछन् । नेपाली समुदायमा छोरालाई अंश दिने परम्परा छ तर यसलाई हटाएर शिक्षा नै आवश्यक छ ।
स्वतन्त्र रुपमा महिलाहरु पनि पुरुष सरह हरेक कुरामा अघि बढ्छन । आफ्नो जीवनको निर्णय आफै गर्न पाउने स्वतन्त्रताका साथ प्रजातान्त्रिक मुलुकमा रहेर पनि नेपाली महिलाहरुको भने नेतृत्व बिकास हुन सकेको छैन । नेपाली समुदायमा महिलाहरुको जनसंख्या झन्डै पुरुष भन्दा अलि बढी नै देखिएतापनि समाजको नीति निर्माण क्रियाकलापहरुमा महिलाहरुको संख्या अति नै न्यूनतम रहेको अवस्थाले गर्दा महिलाहरुको बिचार र मान्यता समाज र देश निर्माणका कामहरुमा आउन सकिरहेको अवस्था छैन । जसले गर्दा महिला बर्ग ओझेलमा परिरहेका छन । किन हुन सकेको छैन त नेपाली महिलाहरुको नेतृत्व बिकास बिकसित देशमा बसेर पनि ?
भनिन्छ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनेर जो एक अर्काबिना अगाडि बढ्न सक्दैन । जसको अर्थ देश बिकासमा दुबैको उत्तिकै भूमिका रहन्छ । महिला भनेको समाजको आधा अंग हुन् । जसले परिवार, समाजको उन्नात्तिमा ठुलो योगदान पुर्याउदछ । नेपाली समाजमा महिलाहरुलाईको बिचारलाई समावेश गर्ने तथा उनीहरुलाई हौसला एवं प्रोत्साहन दिएर आगडि बढ्ने बाताबरण दिने खालको सोचको बिकास अझै भईसकेको छैन ।
भनिन्छ महिला र पुरुष एक रथका दुई पाङ्ग्रा हुन् भनेर जो एक अर्काबिना अगाडि बढ्न सक्दैन । जसको अर्थ देश बिकासमा दुबैको उत्तिकै भूमिका रहन्छ । महिला भनेको समाजको आधा अंग हुन् ।
तर, अहिलेको आधुनिक एबं बैज्ञानिक युगमा महिला कमजोर छैनन् । हाम्रो नेपाली समाजको सोच्ने शक्ति कमजोर हो । यसलाई परिबर्तन गर्न समानता र बिकासमा बिश्वास राख्ने सोचहरु एकजुट भएर महिला र पुरुषको हकअधिकार र अवसरमा बराबरी ल्याउँनुछ । महिलाले पनि स्वाभिमान, स्वस्तित्व एवं स्वतन्त्र जीवन जिउँनुछ । त्यस्तै परिवार, समाज र राष्ट्र निर्माणको हरेक क्रियाकलापमा महिलाको बिचार र भूमिका समाबेश हुन अति नै महत्वपूर्ण छ किनकी एउटी महिलाको बिकास भनेको एउटा परिवार, समाजको बिकास हो । त्यसैले म भन्न चाहान्छु महिलाको नेतृत्व बिकास आजको आवश्यकता हो ।
हाम्रो हिन्दु नेपाली समाजमा नारीलाई देवीको रुपमा मानिन्छ । नेपालमा महिलाहरु राज्यको उच्च सम्माननीय पदहरु राष्ट्रपति, प्रधानन्यायाधिश र प्रतिनिधिसभाको सभामुख भई सकेका छन् । अमेरिका जस्तो बिकसित देशमा त हिलारी क्लिन्टनलाई राष्ट्रपति पदमा इतिहासमा पहिलो एकपटक महिला राष्ट्रपति बनाउने अभिमत त्यहाँका जनताले दिएनन् भने नेपाल त् महिलाको अधिकार र नेतृत्वको कुरा गर्दा धेरै अघि रहेको कोहि-कोहि विश्लेषकहरुले बताउछन् ।
हाम्रो हिन्दु नेपाली समाजमा नारीलाई देवीको रुपमा मानिन्छ । नेपालमा महिलाहरु राज्यको उच्च सम्माननीय पदहरु राष्ट्रपति, प्रधानन्यायाधिश र प्रतिनिधिसभाको सभामुख भई सकेका छन् ।
तर नेपालमा पश्चिमा राष्ट्रहरुको सहयोग लिएर संघसंस्था चलाई महिला अधिकारको नाममा समाज भाड्ने, घर बिगार्ने र बिकृति फैलाउने कुरामा केहि कथित महिला अधिकारकर्मी लागेको देखिन्छ त्यो सरासर गल्ती कुरा हो । महिला अधिकारको नाममा कुरा गर्ने सासु भई सकेका महिला अधिकारकर्मीहरुले कुनै दिनमा आफ्नो बुहारीलाई चिया बिहान सुतिरहेको ओछ्यानमा लगिदिने दिन चाहि आउनु नपरोस् भन्ने अहिले कामना मात्र गरौ ।
श्रीमान खाडी राष्ट्रमा चर्को घाममा पसिना बगाएर घरमा पैसा पठाउने यता श्रीमती चाही नाठा कुदाएर मोजमस्ती गरी पैसा उडाउने श्रीमतिलाई पनि कडा भन्दा कडा कारबाही गर्नेपर्छ । श्रीमान् दिनभर आफ्नो अफिसको काममा व्यस्त तर श्रीमती दिनभर अर्कैसँग मस्त भने जस्ता सामाजिक बिकृतिको पनि अन्त्य हुनु आजको नेपाली समाजको आवश्यकता हो । महिला अधिकारको महिलाले नै चरम दुरुपयोग भएर प्रत्येक टोल-टोलमा श्रीमती पिडित उद्दार संघको आश्रयस्थल खोल्नुपर्ने अवस्थाको सिर्जना चाहि कदापी नहोस् भन्ने कल्पना गरौ ।
नेपालमा पश्चिमा राष्ट्रहरुको सहयोग लिएर संघसंस्था चलाई महिला अधिकारको नाममा समाज भाड्ने, घर बिगार्ने र बिकृति फैलाउने कुरामा केहि कथित महिला अधिकारकर्मी लागेको देखिन्छ त्यो सरासर गल्ती कुरा हो । महिला अधिकारको नाममा कुरा गर्ने सासु भई सकेका महिला अधिकारकर्मीहरुले कुनै दिनमा आफ्नो बुहारीलाई चिया बिहान सुतिरहेको ओछ्यानमा लगिदिने दिन चाहि आउनु नपरोस् भन्ने अहिले कामना मात्र गरौ ।
केहि नेपाली राजनीतिक विश्लेषकहरु र समाजशास्त्रीहरुका अनुसार नेपालमा महिला नयाँ संविधानले महिलाको अधिकारको प्रशस्त प्रत्याभूति गरेको छ । जसको चरम दुरुपयोग अहिले महिलाले नै गरिरहेका छन् । आर्थिक प्रलोभनको लागि बिबाह गर्ने र पारपाचुके गर्ने घटनाहरु आजकल धेरै नै बढी रहेका छन् । महिला अधिकारको नाममा श्रीमानलाई हेप्ने, अनावश्यक दु:ख दिने खराव नारीलाई शिक्षित समाजले निरस्कार गर्नेपर्छ । समानताको कुरा गरेर असमानताको व्यवहार गर्ने नारीलाई कानूनको कठघरामा ल्याउनु नै पर्छ ।
श्रीमान खाडी राष्ट्रमा चर्को घाममा पसिना बगाएर घरमा पैसा पठाउने यता श्रीमती चाही नाठा कुदाएर मोजमस्ती गरी पैसा उडाउने श्रीमतिलाई पनि कडा भन्दा कडा कारबाही गर्नेपर्छ ।
यो पनि पढनुहोस्
एक अवला नारीको मर्मस्पर्शी कथा
अन्तर्राष्ट्रिय नारी दिवस र नेपालमा महिला सशक्तिकरण
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।