१५ बैशाख २०८१, शनिबार

एक अवला नारीको मर्मस्पर्शी कथा


डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

एक अवला नारीको मर्मस्पर्शी कथा । यो कथा हो एकजना नारीको उनको विवाह १५ बर्षको कलिलो उमेरमा ३० बर्ष उमेरको व्यक्तिसंग हुन्छ । त्यो व्यक्ति लागु पदार्थ जाँड रक्सी लामो समयदेखि खादै रहेछ । उसलाई आफ्नाले नै झुक्काएर विवाह बन्धनमा बाँधि दिएछन् समाजको डर र आमाबुबा दाजुभाईको इज्जतका लागि सहेर बस्नु बाहेक केहि रहेनछ ।

बाबु-आमाको लागि उनी त्यो पिडा सहेर बसेकी हुन्छिन तर उनको जीवनमा सवैभन्दा ठूलो पिडा गर्भ रहेर पनि बच्चा नबस्नु भएको हुन्छ । गर्भ रहोस पनि कसरी यदि रहि हालेको भएपनि शायद त्यो बच्चा रोगी भएर जन्मने खतरा बढ्ने देखिएको थियो । रक्सी वियर जस्ता पदार्थले शुक्रकिट कमजोेर हुने हुनाले गर्भ रहेपनि कमजोर हुने खतरा बढेको थियो ।

एकल महिलाले पनि पुरूष सरह विवाह गर्न इच्छा भएमा गर्न पाउनु पर्छ । एकल महिलाले पनि विवाह गर्नु सेक्स होइन बाँच्ने एउटा आधार हो यसलाई गलत भन्नु वा कुरा काट्नु सामाजिक अपराध हो चेतना भया ।

श्रीमानको रातदिनको पिटाइ र झैझगडा भइरहने दैनिक श्रीमानले बलत्कार गरे जस्तै गरेकाले वाक्क भएर माइत बस्न पुगेकी हुन्छिन तर श्रीमानले अब आइन्दा यस्तो क्रियाकलाप गर्ने छैन भनेको भए शायद उनी घर फर्कने थिइन तर दुलाहले केहि नभनी अर्को विवाह गर्न पुग्छ । यो विवाह नै ती व्यक्तिको अन्तिम सास हुन पुगेको हुन्छ ।

पछि रक्सीको लतको कारणले लिभर डेमेज भएकाले उपचारको क्रममा ४७ बर्षको उमेरमा उनको मृतु हुन पुग्छ । ३२ बर्षको उमेरमा उनी एकल महिला हुन पुग्छिन कलिलो भरखर विवाह हुने उमेरमा रहर सवै चकनाचुर भएर गएको हु्न्छ । यदि पुरूष भइदिएको भए ६ महिना नबित्दै विवाह भई सकेको हुने थियो तर एउटा नारीले विवाह गरेको भए शायद उनलाई लोग्नेको चाहना भएको रहेछ भनेर कुरा काट्ने धेरै हुने थिए । यो समाजमा कुरा काट्ने पुरूष नभएर महिला नै भएका हुन्छन् । आखिर किन यस्तो हुन्छ ।

के यो अन्याय होइन र के महिला एक्लै बस्ने तर पुरूषले जे मन लाग्यो त्यही गर्न मिल्ने । श्रीमान नहुँदाको पिडा त केवल ती एकल महिलाई हुन सक्छ । सेक्स कै कारण दोस्रो विवाह गरेको भन्ने कुरा यो समाजले उठाएको हुन्छ तर यो समाजले ति महिला जो एकल छिन् उनको जीवनमा खतरा नै खतरा भएको हुन्छ । शरीरको सुरक्षाको लागी भएपनि उनलाई एउटा जीवन साथीको खाँचो हुन पुगेको हुन्छ ।

हाम्रो समाजमा विधुवा हुनुलाई दोसी ती महिला गनिएकी हुन्छिन तर ती विदुर पुरूष भएको हुदैन आखिर किन यस्तो अन्याय पुरूषले विवाह गरे आवश्यक रे तर ती महिलाले गरेमा पोई चाहिएर गरेको भन्ने जस्ता कुरा यो समाजले उठाएको देखिनु के यो गलत होइन त । पुरूषले कुरा काटेमा महिलाद्वारा वहिष्कार हुनको सट्टा हो म हो मिलाएर कुरा काट्नु कहाँसम्म जायज छ । यस्ता कुरा महिला दिदी बहिनीहरूले काट्नु नितान्त गलत छ यस्तो हुनु नारीमाथि अन्याय ठहर छ ।

एकल महिलाले पनि पुरूष सरह विवाह गर्न इच्छा भएमा गर्न पाउनु पर्छ । एकल महिलाले पनि विवाह गर्नु सेक्स होइन बाँच्ने एउटा आधार हो यसलाई गलत भन्नु वा कुरा काट्नु सामाजिक अपराध हो चेतना भया ।

यो पनि पढनुहोस्

ठूलाले सानालाई हेप्ने परम्पराको हुनुपर्छ अन्त्य

अन्तर्राष्ट्रिय नारी दिवस र नेपालमा महिला सशक्तिकरण

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !