१४ बैशाख २०८१, शुक्रबार

हरेक मानिसले जान्नैपर्ने चाणक्यका दस उपदेश:


मानिसको मनमा विचारहरुको बर्षात हुनेगर्दछ प्रायगरी । विचारको बर्षात पछी यदी सो विचारहरुलाइ एकतृत गर्नसकियो भने महान विचार जन्मन्छ, सकिएन भने विचार छरिन्छ, सोच बदलिन्छ अनि मानिस अनिर्णयको बन्दी बन्दछ। मानिसले कतिकुरा जान्दैन भने कतिकुरा जानेरपनि ब्याबहारमा लागु गर्दैन। सिकाउन जती सहज छ, प्रयोग त्यती गाह्रो छ। सिग्रेट नपिउ भन्नेहरुनै सिग्रेट पिइदिन्छन् यहाँ । लोभ नगर भन्नेहरुनै मन थाम्न सक्दैनन्।आत्महत्या कायरता हो भन्नेहरुलेनै जिवन सकाइदिए। समस्या देखी नभाग भन्नेहरु सानो समस्यापर्दा धोती न टोपीसङ्ग भाग्नेगरेको पाइयो। यो सबै अपुर्ण ज्ञान र अपुर्ण अनुभव को पराकाष्टा हो ।

चाणक्य ले त्यो समयमा दिएका जिबनोपयोगी उपदेश कती सान्धर्विक छ हेरौँ र सकिन्छ भने त्यसलाइ जिवनमा प्रयोग गरी हेरौँ ।

१. तपाई खुशी रहनु नै दुश्मनका लागि सबैभन्दा ठूलो सजाय हो।
२. अरुको गल्तीबाट सिक किनकि आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ।
३. कुनैपनि व्यक्ति आवश्यकता भन्दा धेरै इमान्दार सोझो हुनुहुदैन । किनकि सोझो रुख पहिला काटिन्छ।
४.भाग्यले उसैलाई साथ दिन्छ, जो जस्तोसुकै संकटमा पनि आफ्नो लक्ष्यप्रति दृढ रहन्छ ।
५.कुनैपनि व्यक्ति आफ्नो कामबाट मात्र महान हुन्छ जन्मबाट होइन।
६. सफलता प्राप्त गर्नकालागि राम्रो साथीको आवश्यकता पर्दछ र धेरै नै ठूलो सफलता प्राप्त गर्नकालागि राम्रो शत्रुको आवश्यकता पर्दछ ।
७. कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन् । जसले शाहसका साथ त्यसको सामना गर्छ उ विजय बन्छ ।
८. भूतको बारेमा पछुताउनु र भविष्यको बारेमा चिन्ता लिनु हुन्न किनकि विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।
९. तपाईको कुरा सुन्ने बेला यता उता हेर्ने मान्छेको कहिल्यै विश्वास नगर्नु होला ।
१०. कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादा महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुदैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !