१९ बैशाख २०८१, बुधबार

किन गर्छन् सुसाइड मानिसहरुले ? कस्तो मानिसले सुसाइड गर्ने सम्भावना रहन्छ ?


भन्छन् जन्म र मृत्यु स्वयंसिद्द तथ्य हो जिवनको। जन्मे पछी मर्नु प्राणीहरुको प्राकृतिक नियम हो । जन्म र मृत्यु कती पिडादायक हुन्छ त्यो कसैलाइ अनुभव छैन । न त जन्मिएकाले आफ्नो जन्मदाको अनुभव सुनाउछन् न त मरेकाले। मरेर फेरी फर्केर आएँ भनेको सुन्न पाएको छैन। हुन त हिन्दु शास्त्रले ८४ लाख जुनी हुन्छ भनेको छ। बिज्ञान भन्छ, शक्तीको बिनाश कहिल्यै हुँदैन, बरु यो एउटा रुपबाट अर्को रुपमा परिबर्तन हुन्छ। जिवहरुको आत्मापनि एक शक्ती हो जसको अन्त्य कहिलेपनि हुँदैन भन्दा त ठिकै छ तरपनि मरेपछी पुन भेटनहुने यथार्थले गर्दा मृत्यु अलि पिडादायी छ मानिसहरुकोलागी।

आजकल आत्महत्या गर्नेहरुको सङ्ख्या बढ्दैछ दिनानुदिन। अब प्रश्न उठ्नेगर्छ कि यो आत्महत्या किन गर्छन् मानिसहरु? यो बहुत जटिल प्रश्न हो। मरिसकेकोले भन्दैन र बाँच्नेले जान्दैन, मात्र अन्दाज लगाउँछ।

लेखक आफैँले बिगत दुइबर्ष देखी बिभिन्न किसिमबाट बिशेष गरी युवा पुस्ताहरुमा गरेको अनुसन्धानबाट केही अंश यहाँ सभार गरेको छु।

१. सुसाइडको कुनै प्लान हुँदैन। जब मानिस अस्थिरतामा फस्छ, कुनै निस्कर्ष बिहिन हुन्छ अनि उ धेरै टोलाउन थाल्छ। क्षणभरमै आफुलाइ एक्लो महसुस गर्छ र तुरुन्त आत्महत्या गर्छ ।

२. सुसाइडको प्रमुख कारण परिवारनै हो। जब परिवारबाट विश्वास तोडिन्छ, विशेषगरी आमा र बा सङ्ग या भनौँ आफ्नो प्रगती देखी बुबा आमा खुसी हुनुभएन भने मर्न मनलाग्छ।

३. कुनै यस्तो गल्ती जो कसैलाइ थाहा छैन, सो गल्ती यदी सबैले थाहा पायो भने म खतम हुन्छु भन्ने डरले भित्री मनमा बास गरेको छ भने त्यो मान्छे त्यहाँबाट बाहिर आउन सक्दैन र बढी टेन्सन भएको दिन त्यही सोच्दा सोच्दै आत्महत्या गर्छ।

४. जब मान्छे पपुलर हुन्छ, उस्को धेरै फ्यानहरु हुन्छ, त्यतीखेर कुनै आफ्नो इन्सल्ट हुने काम भएको छ र सो कुरा एडप्ट गर्न नसकेर मान्छेले सुसाइड गर्छ।

५. आफ्नो श्रीमती र आमाको कलहको कारण हो जस्तो लाग्छ मलाइ त। कस्को कुरा सुन्ने? आमाको सुनौँ श्रीमती रिसाउने, श्रीमतीको कुरा सुनौँ आमाको मन दुख्ने, यस्तो भुमरीमा फस्नुभन्दा मर्नु जाती भन्ने हुनसक्छ।

६. एक्लै बस्न रुचाउने र अरुसङ्ग खासै शेयर नगर्ने हरुले सुसाइड गर्ने सम्भावना बढी हुन्छ।

७. श्रीमतीले आफ्नो इन्सल्टगर्दा साह्रै मरेको जिन्दगी जस्तोलाग्छ, अरु सबै सहन्छन् पुरुषहरु तर श्रीमतीको इन्सल्ट सहन सक्दैनन्। त्यही भएर पनि मर्छन्आफैँ।

८. विशेष गरी राम्रो पढ्ने युवाहरु सोचेजस्तो प्रगती गर्ननसकेर फ्रस्टेट हुन्छन्, सङ्गैका साथिहरुले प्रगती गर्ने र आफु धेरै तल परेको महसुस हुनालेपनि सुसाइड गर्छन् युवाहरु ।

९. अत्याधिक ठुलो समस्या परेपछी त्यसको समाधान नभएपछी मर्नुको बिकल्प हुँदैन ।

१०. बिबाहित पुरुषहरु ससुरालीको अत्याधिक दवाबका कारण साह्रै लज्जित भएर सुसाइड गर्छन् ।

११. जस्ले जेभनेपनि सुसाइड गर्नुमा ९० % कारण पारिवारिक कारणनै हो, परिवारले आफ्नो समस्या नबुझेपछी मान्छेमा एक्लोपनको महशुस हुन्छ र एक्लोपन जिवनकै खतरनाक घातक चिज हो ।

यि माथिका जवाफहरुलाइ हेर्दा अधिकाँसले पारिवारिक कारण देखाएकाछन् । यसो होभने सबैले आआफ्नो परिवारमा ध्यान पुर्याउनु जरुरी छ। अब समस्या हरु सबैको एउटै हुँदैनन् र कारण हरु पनि एउटै कदापी हुँदैन । सबैले सनस्या पर्दैमा सुसाइड गर्छन् भन्नेपनि छैन। जसले समाधान खोज्न सक्तैन, जो धैर्य गर्न सक्तैन, जो अस्थिर छ, जो प्राय एक्लै बस्न रुचाउँछ, त्यस्तो ब्यक्तीहरुमा सुसाइड गर्ने सम्भाबना बढी हुन्छ । र सबै भन्दा महत्वपुर्ण कुरा केहो भने जो ब्यक्तिले जिवनमा कहिलेपनी दुख र समस्या बेहोरेको छैन, त्यस्तो ब्यक्तिहरुलाइ समस्या पर्दा आत्तिने, डराउने र सुसाइड गर्ने डर रहन्छ। कहिँ जाँदा कसैलाइ थाहैनदिइ जानेहरु सङ्ग पनि सचेत रहनु पर्छ । मनमा कुरा खेलाउने र प्राय कसैसङ्ग आफ्नो कुरा शेयर नगर्नेहरु पनि सुसाइड गर्नसक्छन्। यदी समस्याको समाधान भन्दापनि समस्या आउननै नदिने हो भने सायद सुसाइड जस्तो घातक रोगको कमी हुनेथियो होला ।

Bharat Bhandari, Tribhuvan University


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !