१९ बैशाख २०८१, बुधबार

चोर्ने यो आधुनिक शैली, लिफ्ट दिँदा होस पुर्‍याउनुहोस् है


कुरा गरिसकेपछी मोबाइललाई ब्यागको पछाडीपट्टी राखेर बाइक स्टार्ट गर्नैलाग्दा एउटी युबती छेवैमा आएर भनिन्
“एस्क्युजमी! हजुर कहाँसम्म जाने हो?
“म बालाजु जानेहो, किन र?”
“ए! उसोभए साह्रै राम्रो भयो, मलाइ नयाँबजार छोडिदिनुस्न प्लीईईईज्!”उनिले भनिन्। एक पटक सरसर्ती हेरेँ उनिलाइ। करिब २०-२२ बर्षकी जस्ती देखिन्थिन् तिनी। एस्सो हेर्दा साधारण जीवन शैलिकी लाग्थिन्।

साँझको आठ बजिसकेकोथियो। यतिखेर एउटी महिलाले लिफ्ट माँग्दा दिने कि नदिने दोधारमा परेँ म। सडकमा गाडी कम भईसकेको थियो। फेरी हेरेँ, झट्ट हेर्दा एउटा बिध्यार्थी जस्तो लागेपछी हुन्छ भनेर लिफ्ट दिएँ। पछाडी राखेको ब्याग अघाडी सारेँ। त्यसपछी उनले भनिन्
“केटीमान्छे पछाडी बसेपछी ब्याग आघाडे सारेको? बाठो हुनुहुँदो रैछ” खै,कुन अर्थमा बाठो भनिन् तिनिले ? त्यो मैले बुझिन।
“खै! यता दिनुहोस् ब्याग म समाइदिन्छु हजुरलाइ असजिलो भयो” उनिले झोला पछाडी मागिन्। ठिकै छ भनेर सारिदिएँ झोला पछाडी।

पुरानोबानेश्वर चोकबाट सुरुभयो त्यो मेरो यात्रा।
“हजुर केगर्नु हुन्छ?” बढो मायालु श्वरमा सोधिन् उन्ले। मैले पनि आफ्नो काम बताइदिएँ।
“तपाइ केगर्नु हुन्छ?” मैले पनि सोधेँ ।
“म पढ्दै छु, बि ए थर्ड इयर, पि के मा।”
“अनि अहिले कताबाट त ?
“म लाइफ इन्स्योरेन्समा काम गर्छु, अफिसबाट हो।”
“अनि एति ढिलासम्म अफिस लाग्छ?”
“आज मात्र ढिलाभएको, अरुदिन साथिको स्कुटीमा जान्थेँ, तर आज उ आइन।”

“हजुरलाइ महिले पैला कतै देखेजस्तो लाग्यो। अझै मिठो श्वरमा भनिन् उनिले।”
“हँ!मलाइ देख्नुभो र? मुखमा मास्क लगाको,अनुहार पुरै बेरेको छु, कसरी देख्नुभो र ?”
“आइ मिन् श्वर सुनेकोजस्तो लाग्यो भनेको।” खै के के भलाकुसारी गर्दै थिइन् मैले खासैचासो दिइँन।
ठमेल को पिपल बोटा आएपछी एक्कासी भनिन् ” दाइ मलाइ एतै रोकीदिनुस् न, एक्कासी मेसेज आयो मोबाइलमा मामाघर बाट, हजुरआमा बिरामी हुनुहुन्छरे, म एतै झर्छु”। रोकी दिएँ मैलेनी। मन्द मुस्कानमा बाइ भन्दै उनि लागिन् दायाँ तर्फ। खैरो सुइटर माथीको हरियो सल हावा सङ्ग उड्दै थियो।

सोह्रखुट्टेको ओरालोमा पुगेपछी कन्सस माइन्ड एक्टिभ भएछ कि एक्कासी आफैँले आफुलाइ प्रश्न गर्यो “हैन यो केटी एक्कासी किन त्यहाँ झरी?” हत्त न पत्त झोला अघाडी सारेर हेर्छु त झोलामा मोबाइल छैन। राम्रै पैसा पर्ने मोबाइल हराएपछी एक्कासी फर्काएँ बाइक र छिरेँ पिपलबोट बाट भित्र। करिब दुइ सय मिटर पुग्दा पनि देखिएनन् उनि। एक्कासी दायाँ गल्ली बाट बायाँ तर्फ हतारमा हिडिरहेकी एउटी केटी देखियो। नियालेर हेरेँ उस्लाइ। हो जस्तो लागेर सिधा अगाडी गएर भनेँ
“बैनीलाइ मामाघर सम्म पुर्याइदिउँ भनेर, के गर्ने माया लाग्यो, एति राति के एक्लै छोड्नु भनेर”
“हैन, हैन यहिँ हो मेरो मामाघर, हजुर जानुस् हड्बडाउँदै भनिन्।”
“यहाँ हैन, उता हनुमान ढोका, मेरो बाइकमा जानेकी उता मामाको भेन मगाम्?”
“के भन्नुभाको मैले बुझिन?”
“ए! ल, त्यसो भए भान्जी लाइ भेनमै लैजानु पर्ला।”

थुचुक्कै बसिन् नानी त भुइँमा। यता उताका पसले हरु ट्वाल्ल पर्दै हेर्दै थिए। सरक्क आफ्नो ब्याग बाट मोबाइल झिकेर दिँदै भनिन् ,
“सरी दादा!! माफ पाउँ, म चोर हैन तर मोबाइल देखेपछी मन थाम्न सकिँन”
एउटा केटी मान्छे, त्यो कसैको छोरी हो अनि त्यो सायद मजस्तै दाजुको बहिनी हो, मैले चोरको रुपमा हेर्न सकिन बरु अर्कोपटक बाट आफैँ होसियारी अपनाउने निर्णय गर्दै मोबाइल लिएर बाटो लागियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !