१४ बैशाख २०८१, शुक्रबार

नेता र जनता / कारण र परिणाम


binaya-soti

अब नेपाली जनताले नेताको सहमतिको प्रतिक्षा कहिले सम्म गर्ने ? जवाफ हामी नेपालीले नै दिने अवस्था आईसकेको छ । कुनै पनि राष्ट्रको सर्वेसर्वा त्यो राष्ट्रका जनता हुन । त्यत्रो लामो समयको राजतन्त्र ढाल्ने जनता कमजोर छैनन् ।

कारण :-
महान नेताले नागरिक हितकोलागि दिनभर शहरलाई अस्तव्यस्त बनाउनु भयो ।
कतै भुसतिघ्रे लगाएर प्राध्यापक कुटाउनु भयो, कतै ढुंगामुडा गरेर गाडीका सिसा फुटाउनु भयो ।
साँझमा दिनभर भएको जन-धनको क्षतिको विवरण जुटाउनु भयो।
अनि यो सरकारले शान्ति स्थिति कायम राख्‍न नसकेकोले आफैंले सरकार बनाउन पाउनु पर्ने कुरा उठाउनु भयो ।

परिणाम :-
साउदी अरबको बन्द कोठामा तीन जना धूँवादार राजनैतिक वहसमा लागेका थिए ।
यी नेताहरू सबै फटाहा हुन…” कुनै लाममा बसेका एकजना लक्का जवानले गफ निकाले ।
“हो त नि… कसैले केही गर्ने हैनन् …सबै आफ्नो भूँडी भर्न मात्रै नेता भा’छन्” एकजना अधबैँसे उमेरकाले कुरो तन्काए ।
अर्का पाका उमेरकाले निचोड निकाले “घरघरमा बन्चरोको राज, सरकारमा घरचरोको राज देखियो । घरचरोले भारतबाट पेट्रोल ल्याएर राजधानीमा सडक जाम हुने गरी मोटर चलाइदिएको छ ।
साँच्चै भन्ने हो भने सरकार नै चलाइदिएको छ । अस्ति एकजनाले छोरीको बिहे गर्न केटो खोजेछ, राम्रै पढे लेखेकालाई छोरी नदिएर अरुलाई नै दिएछ । ज्वाईं के गर्नुहुन्छ भनेर उसका साथीभाइले सोधेछन् । उसले भनेछ– मेरा ज्वाईं घरचरो ! साथीहरूले ‘घरचरो’ भनेको घरज्वाईं बुझेछन्।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !