“यो धर्म भन्ने चिज अफिम जस्तै हो, यसले आधुनिक समाजलाइ नस्ट गर्दछ” मैले कुनै दिन एक जना नेपाल हाँक्ने महान नेताज्युको मुखबाट यो कुरा सुनेँ । म कुनै धर्मको खुला समर्थक पनि होइन र कट्टर बिरोधी पनि होइन, म मानव धर्मको समर्थक हुँ । त्यही भएर मैले हिन्दु धर्मको एउटा ग्रन्थ श्रीमद्भागबत् गीताको मलाइ असाध्यै मन परेका र आधुनिक समाजले बुझ्नै पर्ने केही श्लोक र त्यस्लाइ ब्याख्या गर्दैछु ।
ध्यायतो विषयान्पुंस: संङ्गस्तेषुपजायते ।
संङ्गत्सञ्जायते काम:कामात्क्रोधोभिजाएत्ते ।।६२।।
क्रोधाद् भबति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम:
स्मृति भ्रंशात् बुद्धिनाशो बुद्धिनाशात्प्रणस्थति।।६३।।
जो ब्यक्ती आफ्नो इन्दृयहरुलाइ आफ्नो बसमा राख्न सक्दैन र आफैँ इन्दृयहरुको बसमा पर्दछ, त्यस्तो ब्यक्ती इन्दृय(नाक, कान,आँखा, जिब्रो र छाला) हरुको अवश्यक्ताको बिषयहरुको चिन्तन गर्न थाल्दछ। आँखाले कुनै राम्रो चिज देखेपछी उ तिनै बिषयमा आसक्त हुन्छ। त्यो चिज प्रतिको सामिप्यता बढ्दछ या भनौँ आकर्षण बढ्दछ, उ नजिक बन्न खोज्दछ।
हरेक इन्दृयहरुमा आसक्ति उत्पन्न हुन्छ। हरदिन उ त्यो चिज प्रतीको आकर्षणले शिथिल हुन्छ। आकर्षणले बिस्तारै प्राप्तिको इच्छा या काम उत्पन्न हुन्छ। आफ्नो इच्छा प्राप्तिको लागी उ हरक्षण भौँतारिन्छ।
यदी इच्छा प्राप्ती भएन भने उस्मा क्रोध (रिस्) उत्पन्न हुन्छ। क्रोधले मानिसलाइ जलाउँछ,सिथिल बनाउँछ। क्रोधले मानिसमा मोह उत्पन्न गर्छ। मोह भन्नाले लठ्ठ पर्नु, समर्पित हुनु, बेहोसी बन्नु, सबै तन मन धन सोही बिषयको प्राप्तिमा लगाउनु हो। त्यसरी आफ्नो सारा मस्तिष्कको लगाव सो बिषयमा लागाउँदा स्मरण शक्ती नष्ट भएर जान्छ। सम्झने शक्ती पलायन हुन्छ। कुनै कुराको हेक्का हुँदैन। अब के गर्ने, मेरो भोलिको काम के हो? कुनै चिजको संझना रहँदैन । के सही के गलत, को आफ्नो को पराइ, को नजिक को टाढा, केही छुट्याउन सक्तैन। त्यसपछी उस्को बुद्धी नाश भएर जान्छ। बुद्धी बिनाश भएपछी उस्ले अप्राकृतिक कार्य गर्न थाल्दछ र मानिसको बिनास हुन्छ।
जिवनको वास्तविक्ता पनि यही हो। आज दिन दिनै बढिरहेको चोरी, हिंम्सा, बलात्कार, लुट्पाट, युद्ध, हत्या, आतंक आदी जेजती खराब कार्य मानिसहरुले गर्दै छन्, यो सबै मानिसहरुको बुद्धी नस्ट भएरनै हो। धन प्रतिको मोहले चोरी लुटपाट बढेको छ, कामबासनाको मोहले बलात्कार बढेकोछ,शक्तीको मोहले युद्ध भइरहेको छ। रिसलाइ नियन्त्रण गर्न नसक्दा हत्या बढेको छ, झगडा बढेको छ। आज विश्वनै असान्त र हिंसा बाट आक्रान्त छ। धनी राष्ट्रहरुको शक्तीको होड्बाजीले प्रथम र दोश्रो विश्व युद्ध जस्ता भयङ्कर बिनाशकारी युद्धहरुको सामना विश्वले गरिसकेको छ। मानिसमा पाप, अधर्म, इर्श्या, लोभ, मोह , दिन प्रतिदिन बढ्दै छ। बिज्ञानको प्रमाण पनि यही हो । यहाँ कुनै परिक्षणको जरुरी छैन किनकी योत सिद्द भइसकेको छ। यो बिज्ञान सम्बत् छ।
कस्ले गर्ने नियन्त्रण यस्लाइ? दृश्य शक्तीले यस्तो चिज हरुको नियन्त्रण असम्भव प्राय छ।
उदाहरण को लागी सँधै अफिसमा रहने र बोलिरहने हाकिम को डर कर्मचारी लाइ हुँदैन,तर ब्यस्त र कहिले काहिँ आउने हाकिम देखी कर्मचारी डराउँछन् ।
हो! प्राचिन इतिहाँस देखी भनौँ मानिसमा चेतनाको प्रादुर्भाब भएबाट उस्ले बुझ्न थाल्योकि हामी कुनै नियम या नियन्त्रणमा रहनु पर्छ। किनकी होमो इरेक्टस , होमोह्याबिलिसहरुको समयमा एउटा समुहको मानिसहरुले अर्को समुहकालाइ मारेर खान्थे भन्ने कुरा अध्यायन हरुले देखाएको छ। त्यसैले मानव सभ्यताको सुरुसङ्गै एउटा अनुशासन र नियममा रहेर आम प्राणीहरुको संरक्षण र आत्मियतालाइ बढाउन र प्राणिमात्रको रक्ष्या गर्नका लागी सुरुवात भएको थियो आस्थाको धरोहरहरु। अदृश्य शक्तीमा विश्वास गर्ने र भगवान मान्ने चलनको सुरुवात भएको थियो। त्यो समयका मानिसहरु बढो चेतनशिल र बैज्ञानिक थिए भन्दा हुन्छ।
कठोर जाडो र कठोर गर्मीहुने त्यो समय मानिसहरुका लागी चुनौतिको समय थियो। मौसम संग संघर्ष गरेर आफुहरु बांच्न सफल भएको खुसियालीमा आस्थाका भगवानलाइ धन्यवाद दिँदै रमाइलो गर्ने र पुजाआजा गर्ने, मिठा मिठा खने कुरा खाने र एक अर्कामा जमघट गरी दुख शुखका कुरा साटासाट गर्ने प्रचलन बाटनै यो चाड पर्वको सुरुवात भयो।
यो धर्म र संकृती कुनै अफिम होइन, योत एन्टिबायोटिक हो पाप को, अपराधको र अधर्मको। यसमा राजनिती गर्नु अपराध हो। मानिसहरु धर्म सङ्ग्, आस्था सङ्ग भनौँ अदृश्य शक्ती सङ्ग डराएर कमसेकम अपराध नगरुन्। यो धर्ती जोगाऔँ, प्रकृतीको संरक्षण गरौँ, प्राणीहरुको बाँच्न पाउने अधिकारको सुनिश्चित गरौँ, एक आर्कामा बन्धुत्वको भाइचाराको बिकाश गरौँ, अनिमात्र यो शृष्टी रहन्छ। यि सबैका लागी धर्म भनौँ मानब धर्म अनिबार्य छ।
सबै को जय होस्।
भरत भण्डारी, त्रीभुवन विश्वाविध्यालय,किर्तिपुर ।