१५ बैशाख २०८१, शनिबार

विदेशी भन्दा स्वदेशी सीपमुलक शिक्षाले बेरोजगार घटाउन सकिन्छ


सीपमुलक शिक्षा

विदेशी शिक्षा भन्दा सिपको विकास हुन आवश्यक छ । यसको उदाहरण हामीले चीनको विकासबाट सिक्न सकिन्छ । विकासमा क्रान्ति ल्याउन काम गर्ने वातावरण तयार हुन आवश्यक छ । आज हरेक देश अगाडि छ, यसको रहस्य भनेकै सीपको विकास हुनुलाई मान्न सकिन्छ ।

हाम्रो देशमा सीपको विकास हुन सकेको छैन यसको ठोस कारण हो अन्तर्राष्ट्रिय शिक्षा । यदि हामीले मुलुकमा सीपमुलक शिक्षाको विकासतर्फ ध्यान दिन सक्छौं भने नेपालमा कोही बेरोजगार घटाउन सकिन्छ । बेरोजगार घटाउन सवै नागरिकलाई काम सिकाउनु पर्छ । जसले जस्तो काम सिक्न सक्छ त्यसरी नै बर्गीकरण गरेर हामीले काम दिन सक्छौं । उदाहरणको लागि हाम्रो देश कृषि प्रधान देश हो ।

खेतीयोग्य जमीनमा तरकारी लगायत विविध बाली लगाएर उत्पादन गर्न सक्छौं । सरकारले उत्पादन गर्दा कस्तो बाली, धान लगाउदा कृषकले बढी उत्पादन गर्न सक्छन् भन्ने किसिमको तालिम कृषकलाई दिन सकिन्छ । त्यस्तै नेपालमा काठ प्रशस्त मात्रामा हुने भएकाले काष्ट कलाका मुर्ति सामाग्री बनाएर विदेशलाई बेचेर डलर भित्राउन सक्छौं । यस्ता कामको सिप सिकाउन सकिन्छ ।

जडिबुटी त्यसै खेर गइरहेका छन् । यस्ता जडिबुटी लगाउनेदेखि उत्पादन गर्नसम्म सक्ने सीपको विकास गर्न सके प्रशस्त आम्दानी भित्राउन सकिन्छ । हाम्रो देश खनिज प्रधान देश हो । यहाँ खानी उत्खनन् गर्ने जस्ता काममा जनतालाई काम सिकाउन सकिन्छ भने लाखौं युवालाई यो काममा लगाउन सकिन्छ । अन्तर्राष्ट्रिय बजारमा हाम्रो सामान पुराउन कसरी काम गर्न सकिन्छ भन्ने सीप सिकाएर जनतालाई काम दिन सकिन्छ ।

व्यापारमा पनि बर्गीकरण गर्न सकिन्छ जस्तै जुता बेच्नेले जुता बेच्ने, झोला बेच्नेले झोला बेच्ने यसरी सवैलाई काम दिन र अन्तर्राष्ट्रिय सामान भित्रन नदिइ स्वदेशी उत्पादन नै प्रयोग गर्न जनतालाई प्रोत्साहन दिने जस्ता काम गर्ने । यसले पनि बेरोजगार क्रमश: घटाउदै लान सकिन्छ । हाम्रो देशमा कागज, कपडा, औषधि बनाउने कच्चा पदार्थ प्रशस्त हुनाले यस्ता सामाग्री तयार गर्न कस्तो सीप सिकाउदा राष्ट्रलाई फाइदा हुन्छ भन्ने विषयमा गहन अध्ययन गरेर काम दिन सके देशले फड्को मार्न सक्ने छ ।

विकास गर्न शिक्षा आवश्यक छ तर त्यस्तो शिक्षा नेपाल सुहाउदो हुनुपर्छ । हलो जोत्न शिक्षा आवश्यक छैन तर उत्पादन के गर्ने भन्ने कुराको सीप हुन आवश्यक छ । सीप सिकेर त्यो सीपको विकास नेपालमा प्रयोग गराउन सके यसले देशको विकासमा फड्को मार्ने र व्यक्ति विकास हुन समय नलाग्ने देखिन्छ । आज हाम्रो सन्तानलाई हामीले आफै विगार्ने गरेका छौं । सन्तानलाई जबरजस्ती उसको इच्छा बिपरीत शिक्षा दिने गर्छौं यसले पनि उसलाई काम गर्ने वातावरण नमिल्न सक्छ ।

शिक्षा आवश्यक छ मैंले भन्न खोजेको शिक्षा सीपमुलक हुनुपर्छ भन्ने हो । हरेकलाई हरेक प्रकारको काम दिन सके सीप अनुसारको काम गर्ने वातावरण सरकारले मिलाइ दिन सके शायद मलाई लाग्छ नेपालमा कोही बेरोजगार रहने छैनन् । यसका लागि सरकार जिम्मेवार हुन सक्नुपर्छ । यसका लागि सरकाले अन्तर्राष्ट्रिय उत्पादन पूर्ण रुपमा बन्द गरेर उत्पादनतर्फ सरकार लाग्न सक्नुपर्छ ।

सरकारले उत्पादन गरेको सामान नेपाली बजारमा पुग्न सके यसबाट पनि देशमा बेरोजगार हट्न ठूलो उपलब्धि हासिल गर्न सक्छ । यहाँ हामीसंग सबै छ तर त्यति हुँदा पनि नेपाली बेरोजगार छन् यसको ठोस् कारण हो अन्तर्राष्ट्रिय शिक्षा । अब अन्तर्राष्ट्रिय शिक्षा बन्द गरेर स्वदेशी शिक्षा सीपको विकास गर्नेतर्फ सरकारको ध्यान पुग्न आवश्यक छ ।

१७ हजारको बलिदानलाई सामाजिक रुपमा रूपान्तरण गर्न सकेको भए र द्वन्द्वकालमा समाप्त पारिएका उद्योग खोलेर जनताको छोराछोरीलाई जागीर दिन सकेको भए आज यो स्थितिमा देश ओरालो लाग्ने थिएन । विदेशी उत्पादन प्रयोग नगरी नेपाली उत्पादनतर्फ ध्यान दिने काममा जुट्न सके नेपालमा यसतर्फ कसैले औलो ठाडो पार्ने कोही हुने थिएनन् ।

आफ्नो देशमा अनुसन्धान जस्ता कामको थालनी गरेर देशलाई परनिर्भरमुखी नबनाएर खेती गर्ने जमीनलाई सिचाइको व्यवस्था मिलाउने फिजुल खर्च रोकेर विकासमा ध्यान दिन सकेको भए देशको स्तरमा राम्रो सुधार हुने थियो तर हाम्रो ध्यान फिजुल खर्चतर्फ लागेकाले देशको स्तरमा सुधार हुन सकेन यो नै दुर्भाग्य हो ।

आज व्यवसाय गर्न भन्दै बैंकबाट ऋण लिने गरिन्छ तर बैंकको चर्को व्याज व्यापार मन्दी हुँदा चारैतिरबाट व्यवसायी घेराबन्दीमा छन् । हिजो ऋण लगानी गर्दा ८ देखि ९ % भनेतापनि अहिले विविध कारण देखाउँदै ब्याज बढाउने गर्दा ब्याज तिर्न समेत धौधौ हुँदैछ। बैंकले यसरी ब्याज बढाउदा यसको ठोस अनुसन्धान गरेर सरकारले व्याज निर्धारण गरेर नागरिकलाई सहज बनाउन सके देशले त्यतिबेला बल्ल फड्को मार्न सक्ने थियो भन्ने हामीलाई लागेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !