१४ बैशाख २०८१, शुक्रबार

किन असफल हुन्छ प्रेम सम्बन्ध ?


प्रेम दिवस
ram
राम मगर

मानिस यो धर्तीमा जन्मिसकेपछि जीवनयापन गर्नको लागि र यो समाजमा जिउनको लागि विभिन्न क्षेत्रको उतिकै सहयोग र साथको आवश्यक हुन्छ । जस्तै सर्वप्रथम त खाद्यान्न सबैभन्दा धेरै जीवनयापन गर्नको लागि आवश्यक हुन्छ । त्यस्तैगरी शिक्षा, स्वास्थ्य, रोजगारदेखि लिएर माया, ममता, स्नेह, साथ र सहयोगको पनि त्यतिकै भूमिका रहेको हुन्छ । यो स्वार्थी संसारमा दुईदिनसम्म जिउनको लागि पनि धेरै दु:ख, कष्टहरु झेल्दै जीवनयापन गर्नुपर्छ । यो माया शब्द सुन्दा जति सुन्दर लाग्छ त्यतिकै महत्व र दु:खदायी पनि छ । माया अपूर्ण शब्द हो । जहाँ लाखौं मानिसहरुले यो अपूर्ण शब्द मायालाई पूर्ण बनाउन लागि प्रयासरत हुन्छन् । तर कतिको पुरा हुन्छ भने कतिको अधुरै हुने गर्दछ । त्यतिमात्र नभई माया गरेर कहिले पनि पुग्दैन । किनकि यो अपूर्ण छ । मानिस आमाको पेटमा भएदेखि नै उसले माया पाइरहेको हुन्छ र त्यो निरन्तर जारी रहन्छ । जसरी मानिस आफ्नो आमाको कोखमा नौं महिनासम्म रहुन्जेल जति माया पाउछ, जन्मिसकेपछि पनि त्यतिकै माया पाइरहेको हुन्छ ।

माया धेरै खालका हुन्छन् । एउटा जनावरलाई गरको माया, निर्जीव वस्तुलाई गरेको माया र आफ्नो परिवार, साथीभाईलाई गरेको माया फरक छ । साच्चिकै हेर्ने हो भने बाह्र,तेह्र वर्षका बच्चाहरुले पनि प्रेम गर्न थालेका छन् । विद्यालयस्तरदेखि उच्चा शिक्षा हासिल गर्नेसम्मका युवायुवतीहरुले प्रेम गर्ने धेरै भेटिन्छन् । तर कतिको माया पुरा हुन्छ भने कतिको अधुरो नै रहन्छ । अधुरो रहनुका कारण कसैको दुई प्रेमी-प्रेमिका वीचका झगडाले गर्दा हुन्छ भने कतिको आफ्नो परिवारको कारणले ।

त्यतिमात्र नभई कतिको प्रेममा धोका पाउनुको मुख्य कारण परिवार पनि एक हो । कानुनवाट वर्जित नभएका उमेर समूहवीचमा रहेको प्रेम सम्बन्धलाई अहिलेको परिवेशमा पनि नेपाली समाजले सहर्स स्वीकारेको अवस्था छैन । शिक्षित र वालिक युवायुवतीहरु आफ्नो भविष्यको निर्णय गर्न आफै सक्षम हुन्छन् । यस्तो अवस्थामा परिवारको हस्तक्षेपका कारण विभिन्न समस्याहरु प्रेमी-प्रेमिकावीच देखा पर्ने गरेका छन् । आफ्नो छोराछोरीहरु उनीहरु जीवन खुसी वनाउनको लागि  आफै जीवन साथी रोज्न सक्षम बनिसकेका हुन्छन् र रोजिरहेका पनि हुन्छन् । तर पनि परिवारको कारणले गर्दा उनीहरुलाई एक हुन दिदैनन् । सँगै जिउछु, मर्छु भन्ने जोडीहरुलाई पनि छुट्याएको पाइन्छ । यो घट्ना अशिक्षित परिवारवाट भन्दा पनि अहिले शिक्षित परिवारवाट घटिरहेको पाइन्छ । यसको मूल कारण भनेको परिवारको सोच पनि हो । कतिको परिवारले आफ्नो छोराछोरीको प्रेम छ भन्ने कुरा सुन्ने साथै प्रेमी-प्रेमिकाको पारिवारिक पृष्ठभुमि सोध्ने र समान पृष्ठभूमि नभएको अवस्थामा प्रेम सम्बन्ध नै तोडाउन अन्यक उपायहरु रच्ने गरेको पाइन्छ । त्यो कुनै शिक्षित व्यक्ति किन नहोस् । माया गर्छन् छोराछोरी, वाधक बन्छन् वुवा-आमा  । आखिर किन जीवन जिउने त छोराछोरीले !

सधैंभर सुखीले विताउँछु भनेर रोजेको आफ्नो छोराछोरीको प्रेमलाई छुट्याएर के हुन्छ ? धनको घमण्ड देखाउनेहरु केहि दिन खुसी रहलान् । तर जुन व्यक्ति वा आफ्नो छोराछोरीले गरेको मायामा जस्तो कहिले पनि खुसी रहन सक्दैन । धनले लगाएको मायाले अवस्य पनि एकदिन पोल्नेछ । तर मन मिलेर लगाएको मायामा कहिले पनि पोल्ने छैन । सधैंभर खुसी हुन्छन् । सबैकुरा धनले पाएको भए सायद यो संसारमा कोहि पनि व्यक्ति टुहुरा हुँदैनथ्यो होला । कसैले पनि आफ्नो छोराछोरी गुमाउन बाध्य पर्दैनथ्यो होला । पैसाले सबैकुरा पाएको भए सायद आफ्नो वुवा-आमा पनि किन्थ्यो होला । धन भएका व्यक्तिले खोईत आखिर सबैले यो संसार छोडेर जनै परेका छन् । आखिर कैले आउलात, ति व्यक्तिहरुमा यो चेतना,ताकि कसैलाई पनि उसको पृष्ठभूमि कस्तो छ भनेर कहिले सोध्ने छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !