७ मंसिर २०८१, शुक्रबार

फोहर व्यवस्थापन कसरी गर्न सकिन्छ ?


फोहर

नवलपुर । आज २२ जेठ गते । विश्व वातावरण दिवसका अवसरमा फोहर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे छोटो जानकारी यहाँ दिन गइरहेको छु । पलाष्टिक राख्ने भाँडो अलग राखे जस्तै तरकारी राख्ने भाँडो अलग्गै बनाएर राख्ने त्यस्ता बस्तुको मल बनाएर बिक्री गरेर कृषि उत्पादन बढाउन सकिन्छ । पलाष्टिक फाल्नु पर्दैन कम्पनीले खरिद गर्छ । कागजलाई पनि एउटा भाँडोमा अलग राख्न सके यो पनि विक्री हुन्छ । बिक्री नहुने र काम नलाग्ने बस्तुलाई मात्र व्यवस्थापन गर्न सानो ठाउँ भए पुग्छ ।

यदि हामीले यस विषयमा हरेक घर-घरको फोहर राख्ने प्रणालीलाई सुधार गर्छौं भने फोहर व्यवस्थापन गर्न सकिन्छ । मैंले फोहोर के कस्ता निस्कन्छ भन्ने बिषयमा अध्ययन गरेर हेर्दा तरकारी र भात सबैभन्दा बढी खेर गएको पाए । आज हामीले फोहरलाई पैसामा बदल्न सक्छौं । यदि हामीले यो फोहरलाई एउटा टंकिमा जम्मा गरेर यसलाई सढाएर ग्यास उत्पादन गर्न सक्छौं । ग्यासबाट बाहिर निस्केको मल बिक्री गरेर आर्थिक स्तरमा सुधार गर्न सक्छौं ।

हामीले फाल्ने गरेको फोहर यदि खुला ठाउँमा फाल्छन् भने यसले स्वास्थ्यमा नकरात्मक प्रभाव पार्न सक्छ । यसबाट फैलने दुर्गन्धले मानव स्वास्थ्यमा समेत ठूलो प्रभाव पार्न सक्छ । यस विषयमा सवैको ध्यान पुग्न जरुरी छ । फोहर व्यवस्थापन गर्न राज्यले पहल गर्नुपर्छ । नागरिक रोगी भए सिंगो राष्ट्र रोगी हुन सक्छ । रोग लाग्नुको प्रमुख कारण फोहोर पनि एउटा कारण हो भन्दा खासै फरक छैन ।

फोहरलाई हामीले ५ समुहमा बाड्न सक्छौं ।

१. तरकारी र चामल

नम्वर १ मा हामीले तरकारीजन्य बस्तुलाई लिएका छौं । यसलाई सढाएर कम्पोष्ट मल बनाउन सकिन्छ र यसको बिक्री गरेर पैसा कमाउन सकिन्छ ।

२. पलाष्टिक

नम्वर २ मा हामीले पलास्टिकलाई लिएका छौं । यो खेर नजाने बस्तुभित्र पर्छ र यसलाई त्यसै फालियो भने उत्पादनयोग्य जमीनलाई समेत प्रभाव पार्न सक्छ ।

३. सिसा

नम्वर ३ मा हामीले सिसालाई लिएका छौं । सिङ्गो सिसा कम्पनीले लिन सक्छ तर फुटेको सिसालाई अदुवाको रसमा राखेर पकाउन सके मानवलाई कुनै नोक्सान नगर्ने हुन्छ तर यो सबैभन्दा व्यवस्थापन गर्न कठिन हुने हुनाले सरकाले यस विषयमा ध्यान दिन आवश्यक छ ।

४. कागज

नम्वर ४ मा हामीले कागजलाई लिएका छौं । कागज कवाडीलाई बेच्न सक्छौ । यसले पनि आर्थिक स्तरमा सुधार गर्दै जान सकिने छ ।

५. कुनै पनि काम नलाग्ने बस्तु

नम्वर ५ मा काम नलाग्ने बस्तुलाई राज्यले व्यवस्थापन गराउनु पर्ने र यस्ता बस्तुको प्रयोग सकेसम्म कमसेकम गर्न नागरिकलाई सुसुचित गराउने ।

यदि हामीले यति कुरामा ध्यान दिन सक्छौं भने यसबाट पनि रोजगार सिर्जना गर्न सक्ने छौं । वातावरण स्वच्छ भए मानिस निरोगी हुन्छन् । देशलाई निरोगी जनताको खाँचो छ । आज देश धेरै पछाडि परेको छ । यसको ठोस् कारण भनेकै एजेण्डा नहुनु रहेको छ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !