१४ बैशाख २०८१, शुक्रबार

यस्तो छ फिटकरीको रोचक इतिहास, जानी राखौ


फिटकरी

फिटकरीबारे कसैलाई सोधेमा पहिलो उत्तर हुनेछ नाइकले दारी काट्दा प्रयोग हुनेलाई फिटकरी भन्दछन् । हामीले प्रयोग गर्ने फिटकरी कसरी बन्छ होला भन्ने कतिपयलाई जिज्ञासा जागेको हुन सक्छ । आजको लेखमा फिटकरी कसरी बन्छ भन्ने कुरामा प्रकाश पार्नेछु ।

फिटकरी एक प्रकारको खनिज माटोबाट बन्दछ । यो माटोलाई स्थानीय भाषामा रोल भन्दछ न्। अंग्रेजीमा (Alum Shale) भन्दछन् । यो माटोमा ७ १/२ प्रतिशत जति गन्धक, एल्युमिन, सिक्ता र कोइला यसमा रहेको हुन्छ । यसलाई कसरी बनाइन्छ भन्नेबारे यहाँ खोलिएको छैन ।

यसरी बनाएको फिटकरीबाट हामीले मानव स्वास्थ्यमा फिटकरी प्रयोग गर्दै आएका छौं । फिटकरीका विविध नाम जस्तै फिटकरी, अंग्रेजीमा (Alum) र लेटिन भाषामा Argilla Vitriolutam (अर्जीला विट्रिओल्यूम ) भन्दछन् ।

फिटकरी खासगरी भारत बर्षमा प्राचीन कालदेखि पानी सफा गर्न र कपडा छाप्न प्रयोग हुदै आएको देखिन्छ । यसको कारखाना यूरोपमा सिरिया र स्पेनमा उत्पादन भएको देखिन्छ । तर यो भन्दा पहिले पंजाबमा ठुलो परिणाममा फिटकरी उत्पादन भएको इतिहासले देखाउछ ।

सुश्रुत संहिता, रसार्णव ग्रन्थमा फिटकरीको नाम सौराष्ट्री, सुराष्ट्रजा नाम लेखेको पाइन्छ । यसो हेर्दा ईसाको ५ औं शताब्दीतिर भन्दा पहिलेदेखि फिटकरी बन्ने गरेको इतिहास पाइन्छ । फिटकरी पुरानो तरिकाबाट उत्पादन गर्ने गर्दथे ।

आयुर्वेद मत अनुसार यसको प्रयोग थुप्रै रोगमा गर्ने गरेको पाइन्छ । विशेष गरेर छालाका रोग, कुष्टरोग, स्वयत प्रदर, पिसाब पोल्ने समस्यामा, गोनोरिया सिफलिस आदि रोगमा प्रयोग हुदै आएको छ । बन औषधि चन्द्रोदयमा र अन्यमा फिटकरीबाट कसरी उपचार गर्ने तरिकाबारे थुप्रै लेखहरू प्रकाशित भइसकेका छन् ।

केहि हकिमहरूले सेतो दुबीको उत्कृष्ट औषधि फिटकरीलाई मानेका छन् । युनानी मत अनुसार खानको लागि भन्दा बाध्य प्रयोगको लागि बढी सिफारिस गरेको पाइन्छ । अति आवश्यक पर्दा मात्र यसलाई खानमा प्रयोग गर्ने भनेका छन् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !