१४ बैशाख २०८१, शुक्रबार

दलितलाई सत्ता प्राप्तिका लागि लडाएका ईतिहास यथावत नै छ


p

krisna

krishna pariwar
कृष्ण परियार

नेपालमा लामो समय देखि दलित समुदायको विकास र उत्थानको लागि थुप्रै प्रयासहरु नभएका होईनन् । समयको बिकाससँगै सामान्य परिर्वतन बाहेक अन्य कुनै उपलब्धि देख्न सकिएन । राजनीतिदलले सधैँ दलितहित अधिकारका लागि भाषण गरेपनि त्यही अनुसारको बिकास भने हुन सकेन । राजनीतिक दलले भाषण तथा दस्तावेजमा एउटा कुरा गर्ने तर व्यवहारमा अर्को चरित्र देखाउने हुनाले पनि पुष्टि गर्दछ की हामी कति पछि छौ भन्ने प्रष्ट पार्दछ । परिर्वतनका लागि भएका हरेक आन्दोलनमा दलितले सहभागिता नजनाएका होईनन् र आज पनि उपस्थितिरही रहेको छ ।

राजनीतिमा धेरै परिर्वतन भइसक्यो तर दलहरुले चुनावमा दलित समुदायका प्रतिनिधित्व गर्ने उम्मेदवारीको अवस्था विश्लेषण गर्दा अहिलेपनि दलितलाई ‘सदस्य’ भन्दा माथिको लबिङ अर्थात दिन आनकानि गरेको पाईन्छ । अहिलेको अबस्थामा पनि नीति र सिद्धान्त विपरीत दलितलाई टिकट नदिन लबिङ शिर्ष नेताले गर्ने गर्दछन् । दिनै पर्ने बाध्यता भए उम्मेदवारी पराजीत हुने स्थानमा दिने मात्र गरेको थुप्रै उदारण छन् । राजनैतिक दलले देखाएको उदासिन्ता अव आम दलित समुदायले परिवर्तनको अनुभुति गर्लान रु स्थानीय,प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा दलित समुदायको प्रतिनिधि सहभागिता धेरै न्युन रहेकोे छ । बिभिन्न दलका सरकार सत्तामा रहेको बेला जुन अधिकार दलित समुदायले पाउनु पर्ने हो त्यो पाएनन् ।

राजनीतिक, सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा चेतना पुर्ण रुपमा पुग्न नसक्नु आम दलित समुदायको प्रमुख समस्य बनेको छ । कुनै पनि सभा सम्मेलनमा राजनीतिक नेतृत्वको अगुवाले समाज क्रान्तिको रुपमा बिभिन्न भाषणमा प्रजातन्त्र आएको दाबी गर्दछन् । यसरी प्रजातन्त्रको नाममा त्यसको बिपरीत जनता अझैँ दमनको सिकारले रुमल्लिएका उदारण पाउन सकिन्छ । एक–अर्काको विचारलाई समेटेर अघि बढ्ने हो भने हामि अवस्य पनि सक्षम हुने छौ । हार र जित लाई भन्दा पनि चुनैति सम्झेर हामि एक ढिक्का अघि बढ्न आबस्यक छ । हिजो हाम्रो पुस्तालाइ दमनमा पारी राज्यसत्ताबाट पाउनु पर्ने अधिकारबाट बञ्चित पारेका थिए, तर अब हामीलाई ति अधिकारबाट टाढा बनाउन सक्दैनन् ।

इतिहासको पाना हेर्न हो भने, राजा महेन्द्रको मन्त्रि यात साहायक मन्त्रि भएर दलितले जनसंङख्या,महिला तथा बालबालिका एवम् भुमि सुधार मन्त्रि भएर काम गरेका थिए । तर आज यो दिनानु दिन पतनको स्थितिमा छ । हिजो जाती पनि राणाकालिन यात पन्चायात काल, द्वन्दकाल यी सबमा दलितलाई मात्र सत्ता प्राप्तिका लागि लडाएको ईतिहास हामिलाइ थाहा नै छ । त्यसकारण अब सम्पुर्ण दलित बस्ति एक ढिक्का भएर हाम्रो हक अधिकारको लागि लड्नु पर्ने बेला आएको छ । समाजले एउटा क्रान्तिको बाटो खोजेको हुदा समानमा हामिले केहि क्रान्ति ल्याउनै पर्ने बेला आएको छ ।

-कृष्ण परियार “तारुके” (सामाजिक कल्याण अभियान–नेपालका अध्यक्ष एवम् संयुक्त दलित अधिकार मञ्च–नेपालका केन्द्रिय सदस्य )


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !