यदि यो मन ढुङ्गा भैदिय!
तपैकोमन कस्तो छ?
कस्तो गजब्को प्रस्न।
कसैले भन्यो आज, “कस्तो ढुङ्गा जस्तो मन”!
कस्तो ढुङ्गा जस्तो मन?!
मलाई त अचम्म लाग्यो।
यदि यो मन ढुङ्गा भैदिए….!
सयद।
मनै मनको घर हुन्थ्यो।
बाटाहरु मनै मन्ले बिच्छाइयका हुन्थ्ये।
एउटा राम्रो मन खोज्न मन्छेको भिड खोज्नु पर्दैनथ्यो।
मन खोज्नलाई तेति गार्हो नि हुन्नथो।
तपाईंका आँखा मनमै ठोक्किरह्न्थे हरेक नजरमा।
मन पढ्नलाई कुनै मनोबैज्ञानिककोमा जानुपर्दैनथ्यो।
अब यो जियोलोजिस्टको पो काम हुन्थ्यो।
यदि यो मन ढुङ्गा भैदिय..!
सबै भन्दा आग्लो मन हाम्रै देसमा हुन्थ्यो।
सगरमाथाको परिचय फेरिन्थ्यो।
हाम्रो देस मन मनै मनले भरिएको हुन्थ्यो।
मनको कुनै कमि हुनेथिएन।
यदि यो मन ढुङ्गा भैदिए….!
घर, स्कुल हस्पिटल सबै बलिया अनि राम्रा मनमै अडियका हुन्थ्ये।
धनीहरु सगनी मनको कमि हुने थिएन।
मन सर्बब्यापी हुने थियो।
नदि पनि मनै मन सग मन माथी
बगिरहेको हुन्थ्यो।
नदिकै सायताले हिमाली, पहाडी मन मिलेर तराईमा फैलियको हुन्थ्यो।
अनि यहि भुमिमा सबै मनहरु सगै देश रमाइरहेको हुन्थ्यो।
यदि यो मन ढुङ्गा भैदिए…!
गजबै हुन्थ्यो।
मेरो देस त कति राम्रा मनहरुले सजियको हुन्थ्यो।