१४ बैशाख २०८१, शुक्रबार

छक्का पन्जाले बनायो नेपाली सिने इतिहासमै नयाँ रेकर्डस्


chhakka-panja

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनीमा आएको चलचित्र ‘छक्का पन्जा’ले नेपाली सिने इतिहासमा विभिन्न रेकर्ड बनाउन सफल भएको छ । हास्यव्यंग्य जानरामा बनेको यो फिल्मको निर्देशन दीपाश्री निरौलाले गरेकी हुन् । कलाकार दीपकराज गिरीलगायतले निर्माण गरेको यो फिल्मले हाम्रै समाजको यथार्थलाई पनि प्रस्तुत गरेको छ । केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, प्रियंका कार्की, वर्षा राउतलगायत कलाकारको अभिनय रहेको फिल्मले एक सातामै बनाएका ६ रेकर्डस् :

डेब्यु महिला निर्देशक

सफल टिभी सिरियलमा प्रायः दीपकराज गिरी र दीपाश्री निरौला सँगै देखिन्थे । तर, छक्का पन्जामा दिपाश्री निरौलाले पर्दापछाडि रहेर काम गरिन् । उनले ठूलो पर्दाको फिल्म निर्देशन गरेको यो पहिलोपटक हो । र, उनी पहिलो प्रयासमै सफल भएकी छिन् । अहिले चलचित्रको कथावस्तु, कलाकारको अभिनय मात्र होइन, दीपाश्रीको निर्देशन पनि बजारमा चर्चाको विषय बनेको छ । व्यावसायिक रूपमै पनि महिला निर्देशक यति धेरै सफल भएको यो पहिलोपटक हो ।

छोटो समयमा तीन करोड
छक्का पन्जाले सबैभन्दा कम समयमा तीन करोड रुपैयाँको ‘ग्रस कलेक्सन’ गर्न सफल बनेको छ । ९० लाखमा निर्माण भएको चलचित्रले पाँच दिनमा तीन करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको निर्माण पक्षको दाबी छ । नेपाली चलचित्रले लगानी उठाउनै धौ–धौ परिरहेको यो समयमा छक्का पन्जाले गरेको आक्रमक व्यापार आर्फैँमा एउटा रकेर्ड हो ।

एकै दिन एक करोडभन्दा बढी
छक्का पन्जाले गत शनिबार मात्रै एक करोड २२ लाख रुपैयाँ कलेक्सन गरेको निर्माण पक्षको दाबी छ । यो पनि नेपाली चलचित्र इतिहासका लागि रकेर्ड नै हो । त्यसमाथि यो चलचित्रले ओपनिङ दिनमै ३३ लाखभन्दा बढीको व्यापार ग¥यो । रिलिज भएको दुई दिनमा नै यो चलचित्रले एक करोड ५५ लाखभन्दा बढीको व्यापार गरेको छ । नेपाली चलचित्रले दुई दिनमै यति धेरै व्यापार गरेको सम्भवतः यो पहिलोपटक हो ।

सातमा ६ हल हाउसफुल
छक्का पन्जा देशभरका ८० हलमा प्रदर्शन भइरहेको छ । फिल्म ओपनिङमै राम्रो व्यापार गर्न सफल रह्यो । शनिबार यो फिल्म गोपिकृष्ण हलका सातमध्ये ६ वटामा प्रदर्शन गरियो । यो २२ वर्षपछि बनेको रेकर्ड हो । छक्का पन्जाले भ्यालीबाहिरको हलमा पनि राम्रो व्यापार गरिरहेको छ ।

मोफसलमा पनि नाइट सो
राजधानीबाहिरका हलहरूमा नेपाली फिल्म चल्दा नाइट सो पनि गरेको अत्यन्त कम सन्दर्भ छन् । तर, छक्का पन्जाले यसमा पनि बाजी मारेको छ । निर्माताको दाबीअनुसार मोफसलका विभिन्न हलमा यो चलचित्रका लागि नाइट सो गरिएका छन् । निर्माता तथा कलाकार दीपकराज गिरीका अनुसार राजधानीबाहिरका प्रायः सबै हलमा मंगबार नाइट सो लागेको थियो ।

फिल्म हेर्न तीन पूर्वप्रधानमन्त्री
त्यसो त नेपाली चलचित्रमा राजनीतिमाथि व्यंग्य गरिएकै हुन्छ, नेताहरू पनि चलचित्रबारे कहिलेकाहीँ कुरा गर्छन् । तर, नेपाली राजनीति र सिने क्षेत्रको सम्बन्ध त्यति बलियो छैन । हलमा नेपाली चलचित्र लागेको कयौँ दिनसम्म पनि नेपाली नेताहरू हलसम्म पुगेका घटना अत्यन्त कम छन् । तर, छक्का पन्जा हेर्न पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, झलनाथ खनाल र माधवकुमार नेपाल हलसम्म पुगे । त्यति मात्र होइन, केही दिन यता दर्जनौँ नेताको फोन आएको दीपकराज गिरी बताउँछन् ।नयाँ पत्रिकाबाट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !