हरेक सत्ता पल्टाइमा म आफुलाई गहिरो कृष्ण क्षिद्रमा जाकिएको पाउथेँ
र नयाँ गठन सगै दूर दराजमा उदाएको
ताराको प्रकाशमा रङगिने गर्दथेँ,एउटा मृग तृशित सपना बोकेर ।
मलाई पहिलेनै थाहा थियो, तिमीहरु हाम्रा होईनऊ भन्ने,
तर किन किन हरेक आशा र निराशाहरुमा तिम्रा धमिला छायाँ दौडिरहन्थे,
एउटा ग्रहणले पोतिएको सुर्य बनेर ।
अब कहिलेइ तिमीहरु राम्रा हुने छैनौ र नराम्रा पनि हुने छैनौ ।
मेरो आशा हुने छैनौ र निराशा पनि हुने छैनौ ।
चाहे सडकलाई अलकत्र फोरेर सुनको जलप लगाउ,
म आफ्नै गोरेटो कोर्ने छु ।
तिमीहरु मनसिक रोग वाक्दै सत्ता लुछेर बस ।
लोक नारायण पोख्रेल, सात्दोबाटो ललितपुर