२ कार्तिक २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई पत्र – अव त राष्ट्र समुन्नत हुनै पर्छ


प्रधानमन्त्रीलाई पत्र - अव त राष्ट्र समुन्नत हुनै पर्छ

अव आवरण यस देशको सुध्रिनु पनि पर्छ !
प्रज्ञा चक्षु पनि सबै मनका खुल्नु अब पर्छ !!
वाताबरण यो देशको स्वच्छ हुनै अब पर्छ !
पर्यावरणका पथहरु पनि सहज बन्नु पर्छ !!

!!१!!

कर्णाली र सिञ्जामा सहज मार्ग बन्नु पर्छ !
हिमाल, पहाड, तराई बुलेट ट्रेन कुद्नु पनि पर्छ
मेचीदेखि महाकाली रेलका मार्गले जोडेर !
मेरो राष्ट्र विश्वमा उत्कृष्ट हुनु नै अब पर्छ !!

!!२!!

एकता र सद्धभावको माला मज़बूत उनेर !
नेपालीका मेलमिलापको कथा पनि बुनेर
मेची र महाकाली नि समृद्धिशाली बनाउँदै
यो देशको नक्सा अब चुच्चे हुनु पनि पर्छ !!

!!३!!

धेरै आशा भरोसा छ दुःखी नेपालीहरुको !
निर्वाचनको बाचा छ सत्तासिनहरु सबैको !!
विकास कृषि शिक्षा र स्वास्थ्यमा हुनु पर्छ !
अब मेरो देश साँच्चै स्वर्ग झैँ सुन्दर हुनुपर्छ !

!!४!!

एक निमेश नि खेर नजाओस अव कसैको !
भाषण, आरोप, प्रत्यारोप नलागोस् कसैको !
कता के र कस्तो विकास गर्नुपर्छ भन्ने बुझी
हेक्का हुनु पर्छ यो मुलुकको विकास जानी

!!५!!

वालेन, वालेनहरुका शैलीमा विकास होस् !
युवा ज्ञानको देशमा पूर्ण सदुपयोग होस् !!
विश्वमा पुगुन नेपाली ज्ञान र पौरख बोकी !
हरेक नेपलीको देशमा इज्जत मान बढोस् !

!!६!!

विश्वका विकसित राष्ट्रको समुन्नति बुझेर
राष्ट्र समृद्धिको आधारशिला तयनै हुनु पर्छ
देश विकासको जिम्मा युवाहरुमा सुम्पिएर
अग्रजले विवेकपूर्ण राजनीति गर्न सक्नु पर्छ

!!७!!

शुभा !

*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ । 

यो पनि पढ्नुहोस् 

प्रधानमन्त्रीलाई पत्र – म सत्तामा हाँस्दा

प्रधानमन्त्रीलाई पत्र – सत्ता छाडी गाऊँ जाऊँ

प्रधानमन्त्रीलाई पत्र – फर्किए देशमा युवा

प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली

प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश

प्रधानमन्त्रीलाई पत्र – शान्तिको भूमि

प्रधानमन्त्री ओलीलाई अनुरोध पत्र – हाम्रा आशाहरु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !