७ बैशाख २०८१, शुक्रबार

कथा : राजकुमारीको जुता फाट्नुको रहस्य


राजकुमारी

एकादेशमा एउटा राजाका चार छोरी थिए । ती चार जना छोरी जवान भएकाले कोठामा राखेका थिए तर ती छोरीका जुता सधै फाट्ने गर्दथे । यो सिलसिला चलिरहेको थियो यसको रहस्य स्वयम् राजालाई थाहा थिएन ।

एकदिन राजाले छोरीको जुता फाट्नुको रहस्य बुझ्न उर्दी जारी गरेकी जसले छोरीको जुता फाट्नुको रहस्य बताउछ मैले उसलाई छोरी विवाह गरिदिनुको साथै राज्यको उत्तराधिकारी बनाउने छु तर बताउन नसके यसको प्राण हर्नेछु ।

यो कुरा जब छिमेकीका राजकुमारले सुनेपछि रहस्य जान्न दरवारमा आउन थाले । राजाले राजकुमारी सुत्ने कोठाको ढोका अगाडि राखिदिए जब रात पर्छ तब ती राजकुमारीले बाहिर बस्ने युवालाई रक्सीको बोतलमा निन्द्राको औषधि राखेर बोतल दिए त्यो खाना साथ ती युवक बेहोस भएर सुत्दा रहेछन् ।

यसरी ती राजकुमारिको रहस्य बुझ्न राजालाई कठिन हुदै थियो यता एउटा गरिबको छोराले यो सुनेपछि उसलाई पनि यो रहस्य जान्न मन लागेछ । यदि यो रहस्य जाने म राज्यको उत्तराधिकारी हुन पाउने नसके बाँच्नु भन्दा मर्नु बेश भन्ने सोचेर त्यहाँवाट राजदरवारतर्फ लागेछ ।

जाँदा-जाँदा बाटोमा भोक लागेकाले आफुले ल्याएको खाना खान बसेको बेला एकजना भिखार्नी नजीक आएर भनिछन् म धेरै दिनदेखि खाइकि छैन भनेपछि उसलाई दया पलाएर आएछ । आफ्नो खानाबाट आधा खाना उसले ती भिखार्नीलाई दिएछ । खाना खाइसकेपछि बाबु यो टोपी राख यो टोपी लगाए तिमी गायब हुनेछौ तिमीलाई कसैले देख्ने छैन ।

यति सुनेपछि त्यो टोपी लिएर अघि बढेछन् राजाको महलमा पुगेपछि राजाले सवै कुरा बताएछन् । यति सुनेपछि ती युवकलाई ढोका अगाडि बन्दोबस्त गरेर राखेछन् । जब साँझ भयो सधैझै ती राजकुमारीमध्ये सवैभन्दा सानी राजकुमारीले रक्सिको बोतलमा औषधि राखेर खान दिछन् त्यस दिन उसले ती भिखार्नीले एउटा अर्ती दिइकी रहिछन् गरिबले आफ्नो बारेमा भनेकाले दिएको कुनै पनि पदार्थको सेवन नगर्नु तर त्यो कुरा ती युवकले भुलेका रहेछन् ।

दोस्रो रात ती राजकुमारीले टोपी लगाएर रक्सी नखाई चियो बसेछन् । यतिकैमा जेठी राजकुमारीले सोध्न पठाइछन् त्यो मान्छे सुतेको नसुतेको हेर भनेको सुनेपछि उसले घुरेको बाहाना गरेछ । यतिकैमा सानी राजकुमारीले यो कुरा सुनाइ दिएपछि मध्यरातमा त्यहाँदेखि तहखानाको बाटो हुदै अघि बढेछन् ।

यता ती गरिब पनि कान्छी राजकुमारीको नाउमा चढेछन् अलि पर पुगेपछि आज मेरो नाउ किन भारिछ भनिछन् यो सुनेपछि होइन होला भन्दै अघिबढे छन् । धेरै टाडा हिडेपछि बल्ल ती राजकुमारीहरू नाच गानमा सरिक भएछन् । त्यति बेला ती गरिब युवालाई भोक लागेकाले त्यहाँ राखेको खाना खाँदा आफै उडेको दृश्य देख्दा ती जान्छु राजकुमारिलाई अचम्म महसुस भएछ ।

फर्कने क्रममा उसले त्यहाँ राखेको एउटा भाडो पनि लुकाएर राखेछ । बाटोमा भएका केही झार पनि साथै लिएर अघि बढेछ । राज महलमा पुगेपछि उज्यालो पनि भएछ । विहान राजाको हुकुम बक्स भएपछि ती गरिब केटाले सवै कुरा बताएपछि जुता फाट्नुको रहस्य खुलेपछि ती गरिबलाई कुन छोरी विवाह गर्छौं भनेपछि कान्छीसंग विवाह गरेर राज्यको उत्तराधिकारी भएर बसेछ । सुन्नेलाई सुनको माला नसुन्ने सबैलाई फूलको माला इति शुभम् ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !