१४ बैशाख २०८१, शुक्रबार

किरण गजमेर बने ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को बिजेता


किरण गजमेर

काठमाडौँ । रियालिटी शो ‘द भ्वाइस अफ नेपाल-३’ किरण गजमेरले जितेका छन् । ग्राण्ड फिनालेमा अन्य ३ जना प्रतिश्पर्धीलाई पछि पार्दै किरण गजमेर ‘द भ्वाइस अफ नेपाल’ बनेका हुन् ।

टिम प्रमोदबाट फाइनल पुगेका किरणले नगद २५ लाख पुरस्कार र विश्व सांगितीक यात्राको अवसर पाएका छन् । द भ्वाइस अफ नेपाल सिजन-३ मा चार उत्कृष्ट प्रतिभाहरु ग्राण्ड फिनालेमा छानिएका थिए ।

शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक-एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका थिए । टिम प्रमोदबाट किरण गजमेर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ, टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर र टीम तृष्णाबाट ज्वाला राई फाइनल पुगेका थिए ।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो । एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीहरुले उनीहरुलाई भोट गरेका थिए । प्रभु पेमार्फत् गरिने अनलाइन भोटिङमा फ्रि भोट गर्ने सुविधा रहेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु