म सत्तामा हाँस्दा
जनपनि त हाँसुन भनि कन !
आफ्नो निम्ति हैन
भूमि कन तातुन है सब जन !
उचाई पर्वतको सरी
गिरी धराको पनि बनि रहोस् !
महिमा यो माटोको
अति कलकलै बगी रहोस् !!१
शुभ भाव म पोखौँ यो
विश्वलाई नै जगाई कन !
सँधै राष्ट्र बोकौ म
शब्द सुधा काँधमा हाली कन !!
सँधै जागौ दिएर
पहरा म मेरो यो मृत्तिकालाई !
सँधै नै हाँसौ म
गदगद बनेर यो मनले रमाई २
मलाई धर्तीको
सब तरहको छ कति ममता !
यि पाखा, पर्वतको
गरुँ जतनले उन्नति मता !!
यी हिमाली पाखा
अनि यही धर्ती धरणीको !
बनाई माला एक
गरीकन पर्वत स्वरुपको ३
सिकारीका झम्टा
नपरुन कहिले देश वरिपरि !
भिखारीका मनले
नदिउन पिडा नै घरी घरी !!
विहानीका घामका
झलमल झरुन किरण नै !!
सिरानीमा जूनका
हरपल रहुन निरब नै !!४
मनै हर्ने यस्तो
कति रहरको भारी छ ठूलो !
तनै भर्ने कस्तो
मति शहरको पनि छ बिटुलो !
जतन गर्नै पर्छ
भनिकन गरौँ म विधि कुरो !
सहन गर्नै पर्छ
कति विधि भरौ लौ भनि तुलो ५!!
शुभा !
*शोभा काफ्ले खतिवडा लेखक, साहित्यकार, सामाजिक अभियन्ता हुनुहुन्छ ।
यो पनि पढ्नुहोस्
प्रधानमन्त्रीलाई पत्र – सत्ता छाडी गाऊँ जाऊँ
प्रधानमन्त्रीलाई पत्र – फर्किए देशमा युवा
प्रधानमन्त्रीलाई पत्र – लोकतन्त्रका बन्दी हामी नेपाली
प्रधानमन्त्रीलाई अनुरोध पत्र – त्याग र तपले बनोस मेरो देश