१३ बैशाख २०८१, बिहिबार

अन्जना : स्वागता छन्द


अन्जना : स्वागता छन्द

ॐ श्रीपरमात्मने नम : !

अन्जना भगवती वर दिन्छिन्
अन्जना सुखद भाव कहन्छिन ।
अन्जना प्रणव (ॐकार) पावन पुज्छिन्
अन्जना मुदित माधव मान्छिन् ।।१।।

अन्जना प्रणय पुष्पित पार
अन्जना मुदित पार मुहार ।
अन्जना प्रथित पार विचार
अन्जना सुभग (राम्रो) सत्य सकार ।।२।।

अन्जना वरद विष्णु मनाऊ
अन्जना रचिर राम रिझाऊ ।
अन्जना असल कृष्ण रचाऊ
अन्जना सरल काव्य बनाऊ ।। ३।।

अन्जना विभव शुद्ध कमाऊ
अन्जना गगनका गुण गाऊ ।
अन्जना अवनिमा दिल देऊ
अन्जना कुसुम कान्त लगाऊ ।।४।।

अन्जना अमल मन्दिर जाऊ
अन्जना वसन सुन्दर लाऊ ।
अन्जना मधुर गीत सुनाऊ
अन्जना भुवनमा सुख पाऊ ।।५।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !