७ पुस २०८१, आइतबार

कविता – मैले त यी सबै सबै सित्तैमा पाए


सिमा रोशी

मैले त आकाश पनि सित्तैमा पाए
मैले फेर्ने प्रश्वास, हावा !

म बाँच्ने माटो, पृथ्वी पनि !
यी गुलावी ऋतुहरु, अनि मधुमासहरु !

आमाको कोखबाट ओर्लिएपछि
ती सुन्दर चराहरुको आवाज,
ती कोकील र मयुरहरुको सुन्दर अदा !

ती मरीचिका हेर्ने चाहना, ती हिमान्चल र महासागरका बहुरंग, ती औरा यी सबै सबै !
त्यो स्वतन्त्र काश: तल

बर्षात अनि शिशिरका रहस्य,
प्रेम र शान्तिका हृदय !
यी सबै पाए !

तर नपाएको केहि थिएन !
गुमाएको पनि केहि थिएन !
केहि धेरै बाँच्दै गर्दा, केहि छोडेर जाँदै गर्दा पनि
यी अथाह सबै सबै जिएर आए !

नमागी पाए !

……..!


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !