मेरो साथीहरु केटी यस्तो केटी उस्तो भनेर खुब गफ हान्थे । एकदिन पार्कमा सबै साथीहरु बसिरहेका थियौ, रामेको फोन घरिघरि आउथ्यो तर कट गर्दै बस्थ्यो ।
मैले सोधे : कसको फोन हो ? उठा न
रामे : छम्माको फोन यार, फोन हानेर टेन्सन ।
केही समय पश्चात रामेको बाउ आइपुगे हामी अलर्ट भयौ ।
रामेको बा : गधा, अघिदेखि फोन गरिराछु त काटेर बसिराछस ?
सबै मरिमरि हाँसे
रामे रातोपिरो हुँदै घर गयो ।