१३ बैशाख २०८१, बिहिबार

राजेशसँग दीपाको विवादपछि मुन्द्रेको कमेडी क्लवमा दीपाको ठाउँमा नयाँ अध्यक्ष आउने


मुन्द्रेको कमेडी क्लव

काठमाडौँ, असोज १८ । मुन्द्रेको कमेडी क्लवमा शोमा अध्यक्षता ग्रहण गर्न दीपाश्री निरौलाको ठाउँमा नयाँ कलाकार आउने संकेत बुझिएको छ । राजेश हमाल महानायक स्विकार्न नसकिने भन्ने अभिव्यक्ति दिएर राजेश हमालसँग शेखी गर्दा दीपाको चन्द्रमा देब्रे हुँदै गएको छ भने उनको क्यारियरमा ठुलो धक्का लागेको सहजै अनुमान गर्न सकिन्छ ।

सामाजिक संजाल फेसबुकमा एउटा भावुक स्टाटस् लेख्दै उनले मुन्द्रेको कमेडी क्लवको आगामी आउन लागेको दोस्रो शोमा आफूले अध्यक्षता ग्रहण नगर्ने संकेत गरेकी छिन् । कोरोना महामारीका कारण लकडाउन सुरु भएसँगै स्थगन गरिएको हाँस्य कलाकार जितु नेपालले संचालन गर्ने मुन्द्रेको कमेडी क्लब पुन: सुचारु हुने भएको छ ।

कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी निरौलालाई हटाएर उनको ठाउँमा नायिका करिश्मा मानन्धरलाई ल्याइएको स्रोतले जनाएको छ । केही समय अगाडी मात्रै दिपाश्रीले राजेश हमाललाई महानायक स्विकार्न नसकिने अभिब्यक्ति दिएपछि उनी चर्को विबादमा तानिएकी थिइन् ।

कैयौँ दर्शकहरुले दीपाश्रीको फिल्म नै बहिष्कार गर्नेसम्म चेतावनी दिएपछि केही झस्किएकी उनका कारण मुन्द्रेको शोमा पनि प्रभाव पर्ने भन्दै उनलाई मुन्द्रेको कमेडी क्लबबाट हटाइएको हुन सक्ने अनुमान गरिएको छ । मुन्द्रेको कमेडी क्लबबाट हटाइएपछि दिपाश्रीले सामाजिक संजाल मार्फत दोस्रो सिजनमा कार्यक्रममा धेरै परिवर्तन भएको भन्दै यस्तो प्रतिक्रिया दिएकी छिन् ।

दिपाश्री सामाजिक संजालमा यस्तो लेखेकी छिन्, ‘नमस्कार ! मुन्द्रेको कमेडि शो को पहिलो सिजन सकिएर दोस्रो सिजन सुरू हुँदैछ। यसको लागि कार्यक्रममा धेरै परिवर्तनहरू पनि गरिएको छ । फेरि त्यहि माया र सद्भभाब कार्यक्रमलाई निरन्तर प्रदान गर्नुहुन्छ भन्ने आशा गरेकी छु ।

मलाइ पहिलो सिजनका लागि अध्यक्षको रूपमा चुनेर त्यो रमाइलो कुर्सिमा राख्ने प्रिय जितु भाइलाई धन्यवाद ! यस्तै गरेर मलाई हौसला दिने शशि सर, पुष्प सर निर्देशक रबिजी लगायत सम्पूर्ण टिमलाई मनै दैखि धन्यवाद, त्यो भन्दा पनि धेरै धन्यवाद आदरणीय दर्शकहरू जसले हाम्रा कमिकमजोरीहरूलाई नजर अन्दाज गरेर कार्यक्रमलाई स्विकार गरिदिनु भयो ! निकट भविष्यमा टेलिभिजनको पर्दामा केहि फरक कार्यक्रम सहित उपस्थित हुनेछु। सम्पूर्ण दर्शकहरूमा नमन !’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !