६ बैशाख २०८१, बिहिबार

हामी परिवर्तन हुन सक्नुपर्छ तर कसरी ? तर सोच बदल्न छ आवश्यक


कौशी खेती

आज हामीले खाने हरेक खाना विषादी छ यो कुरा हरेकलाई थाहा छ । यस्ता विषयमा हामीले परनिर्भरमा होइन जग्गा हुनेले जग्गामा र नहुनेले कौशी खेती गरेर तरकारी फलाउन सक्ने छौं । यसरी फलाएको तरकारीबाट मनग्य स्वास्थ्यमा फाइदा उठाउन सक्ने छौं ।

आज सिङ्गो देशलाई परनिर्भरमा पारिएको छ । हात थापेर देश विकास हुन्छ भन्ने मानसिकता हरेकमा देखिएको छ । परिवर्तन हामीले हात थापेर होइन गरेर हुनसक्छ । देशमा सवै छ तर हामीलाई विदेशी उत्पादन खान बाध्य पारिएको अवस्था भनिरहनु नपर्ला जस्तो लाग्छ ।

वर्तमान समयलाई नियाल्दा हरेक नेपाली अल्छी हुदै गएको देखिन्छ । सहयोबाट कसरी विकास सम्भव छ । भएका उद्योग समाप्त पारिएका छन् । उत्पादन मुखि केहि छैन । सहयोग आउछ फिजुल खर्चमा सिमित हुन्छ । नत विकास हुन्छ नत देशको स्तरमा सुधार सम्भव छ ।

सरकाले कृषि विकासमा विषेश जोड दिदै उत्पादन तर्फ जनतालाई प्रोत्साहन दिने । कृषकको उत्पादन लाई खेर नजाने गरी सरकाले खरिद गर्ने व्यवस्था मिलाइ दिने । अर्गानिक खेती तर्फ कृषकलाई आकर्षित गर्ने जस्ता काम गर्ने । लघु जलविद्युत उत्पादन तर्फ जोड दिने । जनताको पैसालाई सदुपयोग गराउदा यसको महत्व बढ्न सक्छ ।

जनताको उत्पादन ले सरकारले सित्तैमा फाइदा उठाउन सक्छ । सरकारले बिक्री डिपो खडा गरेर एउटै भाउमा बेच्न सके सस्तो बस्तु जनताको पहुँचसम्म पुग्न सक्ने छ । परिवर्तन गरेर हुन्छ हात थापेर कदापि हुदैन । आज नेतृत्व बर्गले विश्वास गुमाउदै जाँदा अन्तर्राष्ट्रिय स्तरले समेत विश्वास नगर्ने वातावरण देखिन थालेको छ ।

सहयोग लिनुपर्छ तर देशको हितमा हुने गरी यहाँ लिएको सहयोग सवै समाप्त पार्ने गरेको देखिन्छ । खर्च घाटि हेरेर गर्नुपर्छ । फिजुल खर्च गर्ने परिपाटीले देश धरासायी तर्फ उन्मुख हुदै गर्दा यसको नतिजा देश तथा विदेशमा समेत पर्न थालेको छ । आज युवालाई पलायन बनाउने काम स्वयं सरकारले गर्दैछ यो नितान्त गलत छ । युवालाई पैसा भत्ता होइन उद्योगतर्फ लगाउन सक्नुपर्छ ।

देशमा सवै हुँदा पनि हामी कसरी पछाडि पर्दैछौं भन्ने कुरामा विषेश जोड दिने अघि बढ्ने काम गर्न सके अन्तर्राष्ट्रिय सहयोग विना देशमा विकास हुदै जाने छ । परिवर्तन हुन्छ तर गरेर मात्र हुन सक्छ । केहि नेताहरुले नेपाली लाई अन्तर्राष्ट्रिय सहयोग पचाउन नसकेको जीकिर गरेको मैले पाए यो जनतालाई होइन नेतृत्वलाई पचाउन नदिएको पो होकी भन्ने कुरा पहिले गरेका समझौताले देखाएको छ ।

चाहे जेहोस युवाको पसिनाले देशमा नेतृत्व पाल्ने काम भएको छ । यसरी नेतृत्व मात्र होइन देश बनाउनतर्फ सवै लाग्दा देशको कल्याण हुने थियो । ३ करोड जनता गाउ गाउमा सिहदर्बार कसरी धान्न सक्छ । देशले जबसम्म यो भार घटाउन सकदैन तबसम्म जनताको टाउको ऋण थपिदै जानेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !