२१ बैशाख २०८१, शुक्रबार

Tag: हराभरा भयो बगर

किसानको मेहनतले हराभरा भयो बगर

महोत्तरी ।नदी छेउको गेगर बलौटे पर्ति जमिन अहिले हराभरा भएको छ । रातु नदीको पश्चिमी भँगालो तटबन्ध गरिएपछि अब महोत्तरीको भङ्गाहा नगरपालिका–६ हतिसर्वाको पर्सा सग्रामपुर र भङ्गाहा–७ करुणा गोरहन्नाको माझमा पर्ने पुरानो बगर किसानको मेहनतले यतिखेर हराभरा बनेको छ ।