१९ बैशाख २०८१, बुधबार

Tag: लेक चढ्न थाले

गर्मी बढेसंगै लेक चढ्न थाले भेडी गोठ

ढोरपाटन । मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा थुप्रै भेडाबाख्राको ठूलो बथान भेटिन्छन् । अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देखिन्छन् । गत मङ्सिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातादेखिनै लेकतिर उक्लिन थालेका छन् ।