सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा
काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । सेयर लगानीकर्ता अग्रवाल आज प्रहरी हिरासतबाट हाजिरी जमानीमा रिहा भएका हुन् । ठगी र विश्वासघातको आरोपमा पक्राउ परेको अग्रवाल बुधबार काठमाडौ जिल्ला अदालतको अनुमतिमा रिहा भएका हुन् ।