पासाङल्हामु राजमार्ग सुधार कार्य शुरू
रसुवा । पासाङल्हामु राजमार्गअन्तर्गत धुञ्चे–स्याफ्रुबीच सानुभार्खु तथा याङयाङ क्षेत्रको सडक मर्मत कार्य शुरू भएको छ । रसुवा तथा नुवाकोट जिल्लाका सडक मार्ग हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटले पासाङल्हामु राजमार्गअन्तर्गत रसुवा जिल्लाको सानुभार्खु खोल्छा आसपासको असहज स्थानमा ग्याविन पर्खाल लगाउने काम