१५ असार २०८१, शनिबार

Tag: श्रमदानबाट पुल निर्माण

श्रमदानबाट पुल निर्माण गर्दै चितवनको इच्छाकामना गाउँपालिका

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ । इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले शनिबार श्रमदान गरेर पुल निर्माणको काम शुभारम्भ गरे ।