पर्यटकीय सम्भावना बोकेको ओझेलमा ‘राजाकोट’
तुलसीपुर, दाङ । दङ्गीशरण गाउँपालिका–२ स्थित राजाकोट ऐतिहासिक ठाउँ भए पनि ओझेलमा परेको छ । यो ठाउँ पर्यटकीय हिसाबले पनि सम्भावना बोकेको ठाउँ हो । त्यहाँबाट जिल्लाका सबै भूभाग देखिन्छन् भने सिस्ने हिमाल, पुथा हिमाल, माछापुच्छ्रेसहितका विभिन्न हिमालशृङ्खला देखिने भएकाले