काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रको विकल्प राजतन्त्र हुनै नसक्ने बताएका छन् । सो पार्टीले आजदेखि रत्नपार्कस्थित शान्तिवाटिकाबाट सुरु गरेको ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा’ नामक सप्ताहव्यापी राजधानी केन्द्रित आन्दोलनमा उनले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र मात्र हुने बताए ।