इम्बोस्ड नम्बर प्लेट असोज १ गतेभित्र जडान नगरे पनि जरिवाना नलाग्ने
काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट तत्काल जडान नगरे जरिवाना नलाग्ने स्पष्ट पारेको छ । विभागले आज एक प्रेस विज्ञप्ति जारी गर्दै इम्बोस्ड नम्बर प्लेट असोज १ गतेभित्र जडान नगरे पनि जरिवाना नलाग्ने बताएको हो ।