विद्युत्को अनियमित आपूर्तिका कारण मिल व्यवसायी हैरान
डोटी, २४ भदौ । डोटीमा विगत केही हप्ता जारी रहेकोे विद्युत्को अनियमित आपूर्तिका कारण यहाँका मिल व्यवसायी मारमा परेका छन् । दैनिकजसो हुने गरेको विद्युत् कटौतीका कारण मिल व्यवसायसहित अन्य विद्युतीय कलकारखाना पनि बन्द हुने अवस्थामा पुगेको गुनासो बढ्दो छ