४ मङ्सिर, दमौली । तनहुँ कलाकार सङ्घले आयोजना गरेको ‘तनहुँ लोक आवाज–२’ को उपाधि भिमाद नगरपालिका निवासी मन्दिरा थापाले जित्नुभएको छ । सङ्घले शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको मौलिक लोकगीत गायन प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि पार्दै थापाले उपाधि जित्नुभयो ।