विराटनगर । सुनसरी जिल्लाको इटहरीमा रहेका सेन्टर प्लाजामा आगलागी भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्यचोकमा रहेको सेन्ट्रल प्लाजामा आज बुधबार भीषण आगलागी भएको हो । आज बिहान साढे ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।