बागलुङ । बागलुङका दुई बजारको फोहर व्यवस्थापन हुन सकेको छैन । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार र जैमिनी नगरपालिकाको केन्द्र बजारको फोहर व्यवस्थापन हुन नसकेको हो । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रका रुपमा रहेको बुर्तिबाङमा तीव्र गतिमा बजारीकरण भइरहेको छ,